४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न



अ+ अ-

काठमाडौं । फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण/आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए ।
उनीहरुलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षा सम्बन्धी विभिन्न कला सिकाएका थिए । मगर नेपाल उमा कुङफु संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन् ।

दृष्टिविहीनहरुले पनि कसैबाट असुरक्षित महसुश गर्दा आफ्नो रक्षा आफै गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको मगरले बताए । ५ दिने तालिम जावलाखेलस्थित डिएभी स्कुलमा भएको थियो ।

सन् २०१३ देखि आत्मरक्षा सम्बन्धी तालिममा संलग्न मगरले देशका विभिन्न जिल्लामा पनि आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेका छन् । हालसम्म करिब २५ हजारलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको मगरले जानकारी गराए । कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।