५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

नुवाकोट जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित

नुवाकोट जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित
अ+ अ-

नुवाकोट । नुवाकोट जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित भएका छन् । नुवाकोटको बटारमा सम्पन्न चौथो जिल्ला अधिवेसनबाट उनी लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।  

संघको उपाध्यक्षमा रमेश श्रेस्ठ, सचिवमा शरण घले र कोेषाध्यक्षमा  रामचन्द्र तामाङ चयन भए । यस्तै सदस्यहरुमा ध्रुुवकुमार रावल, शिवलाल श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण  श्रेष्ठ र महेन्द्र थापा मगर छन् । संघको नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन् । समारोहका प्रमुख अतिथी नुवाकोट तेक्वान्दो संघका संरक्षक, पर्यटन ब्यवसायी सुमन पाण्डेले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा उहाँले तेक्वान्दो खेलाडी उत्पादनमा कहलिएको जिल्लाका रुपमा परिचित नुवाकोटले आगामी दिनहरुमा अरु राम्रा खेलाडी उत्पादन गर्न आवश्यक भएको औल्याउनु भयो ।  
यस्तै वागमती प्रदेश अध्यक्ष केशब पुरीले तेक्वान्दोका राम्रा खेलाडी उत्पादनमा कमि आएकोले त्यसको कारण खोजेर जिल्ला संघहरु अघि बढ्नु पर्ने बताउनुभयो । डोजाङका प्रमुखहरुलाई बलियो बनाएको खण्डमा तेक्वान्दोको विकास हुने उहाँको भनाई थियो ।

एशियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बुद्दी तामाङ, नुवाकोट उद्योग वाणिज्य सघका अध्यक्ष ताराबहादुर कार्की,  जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष  धननारायण चित्रकार, निवर्तमान अध्यक्ष सुमन अधिकारी लगायतले नुवाकोट तेक्वान्दो संघ साझा समझदारी र साझा सहकार्य गरि अघि बढेकोले जिल्लालाई तेक्वान्दोको क्षेत्रमा उत्कृष्ट बनाउन नवनिर्वाचित कार्य समिति सफल हुनेछ भन्ने अपेक्षा गरिएको बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष शरणउत्सुक सापकोटाले तेक्वान्दोको खेलाडी उत्पादन गर्नलाई प्रशिक्षणका क्रियाकलाप सञ्चालन गर्ने, अघिल्ला समितिको अधुरा कृयाकलापलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विदुर नगरपालिका वडा नम्बर २ मा रहेको कभर्ड हलमा तेक्वान्दोको खेल सञ्चालन गर्नलाई विशेष प्राथमिकता दिने र खाली समयमा मात्र अन्य खेल सन्चालनलाई अनुमती दिने अध्यक्ष सापकोटाले बताउनुभएको छ ।

संघले वर्षमा एक पटक प्रतियोगिता सञ्चालन गर्ने, पालिका स्तरिय समिति गठन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने समेत बताउनुभएको छ । कोरोना भाइरसको कारण तेक्वान्दो लगायतका खेलकुदको क्षेत्र समेत नराम्ररी प्रभावित बनेको छ । खेलाडीहरुलाई विशेष प्राथमिकतामा राखेर कोरोना भाइरस बिरुद्दको खोप उपलब्ध गराउन विशेष  पहल गर्दै आएको र कतिपयले खोप लगाइसको समेत जिल्ला तेक्वान्दो संघ नुवाकोटले जनाएको छ ।