• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

यू–२० एसियन कप छनोटः नेपालले भुटानको सामना गर्दै



काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत नेपालले आज शनिबार भुटानको सामना गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानविरुद्ध खेल्दै छनोटको सुरुवात गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अर्कोतर्फ भुटान पनि नेपाललाई हराएर विजयी सुरुवात गर्ने योजनाका साथ मैदानमा उत्रनेछ । नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।

यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ भने बिहीबार बहराइनसँग खेल्दा बंगलादेशसँग अर्को हप्ताको आइतबार अन्तिम खेल खेल्नेछ ।

समूह विजेता सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा छनोट हुनेछ ।