१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी
अ अ+ अ-

एटलान्टा । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार भएको तातो बहसमा ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि आफू निकै बूढो नभएको पुष्टि गर्न डेमोक्र््याटिक नेता जो बाइडेनलाई हम्मेहम्मे पर्‍यो । बहसका क्रममा व्यक्तिगत अपमानसहितका आरोपका कारण राष्ट्रपति बाइडेन बहसको सुरूतिर निकै अकमकाउनुभएको देखिन्थ्यो ।

ट्रम्पले आफ्ना उत्तराधिकारीलाई अर्थतन्त्र र विश्व मञ्चमा असफल भएको आरोप लगाउनुभएको थियो ।

नेता बाइडेनले जवाफी प्रहार गर्न खोज्नुभयो तर उहाँको प्रस्तुती डगमगाइरहेको थियो किनकि रिपब्लिकन नेता ट्रम्पले चर्को र छिटो आवाजमा व्यक्तिगत अपमानसहितका आरोप लगाउनुभएको थियो ।

प्रतिउत्तरका लागि बाइडेनले केहीबेर अकमकाउनुभएको थियो । तयारीका लागि एक हप्ता एकान्तमा बिताएपछि भएको बहस प्रदर्शनले राष्ट्रपति बाइडेनको डेमोक्र्याटिक पार्टीभित्र नयाँ चिन्ता पैदा गरेको थियो किनभने सर्वेक्षणहरूले ट्रम्पलाई नोभेम्बरको चुनावको लागि बराबरी वा अगाडि देखाएको छ ।

राष्ट्रपति र पूर्व राष्ट्रपतिबीच भएको यो पहिलो बहस थियो र दुवैले एकअर्कालाई इतिहासकै सबैभन्दा खराब भएको आरोप लगाएका थिए ।
ट्रम्प र बाइडन, जो पहिलो पटक निर्वाचित हुँदा सबैभन्दा वृद्ध राष्ट्रपति थिए, उनीहरूले एक अर्कालाई बच्चाजस्तो भएको आरोप समेत लगाए ।

एटलान्टास्थित सीएनएनको मुख्यालयमा ८१ वर्षीय बाइडेन र ७८ वर्षीय ट्रम्पले हात मिलाएका थिएनन् । त्यहाँ प्रत्यक्ष श्रोताहरू थिएनन् र अन्यले बोल्दा उनीहरूको माइक्रोफोनलाई आवाजविहीन ९म्युट० गरिएको थियो ।

बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा दोषी ठहरिएका पहिलो अपराधी हुने भन्दै लाखौं टेलिभिजन दर्शकसामु सम्झाउने प्रयास गर्नुभएको थियो । बाइडेनले भन्नुभयो, “तपाईंसँग ‘गल्लीको बिराला’ को जस्तो नैतिकता छ ।”

र्‍याली र रियलिटी टेलिभिजन सोमा काम गरेका ट्रम्पले बाइडेनको रेकर्डबारे गुनासोको लामो फेहरिस्त नियाल्दै चर्को स्वरमा भन्नुभयो, “म धेरै मानिसहरूसँग साथी हुँ । संयुक्त राज्य अमेरिकाको हालत के भएको छ भनेर उनीहरूले विश्वास गर्न सक्दैनन् । अब हामी सम्मानित छैनौं ।”

ट्रम्पले बाइडनको डेलिभरीलाई समात्ने प्रयास गर्दै बहसको क्रममा बोलेको शब्दहरूमाथि व्यङ्ग्य गर्दै भन्नुभयो, “वास्तवमा वाक्यको अन्त्यमा के भन्नुभयो मैले बुझ्न सकिन । सायद, उहाँलाई पनि त्यो वाक्यको अन्त्यमा के भन्नुभएको थियो भन्ने जानकारी छैन होला ।

बहसपछि खाना लिन जाँदै गर्दा वाफल हाउस रेस्टुरेन्टमा रोकेर बाइडेनले पत्रकारसँग भन्नुभयो, “मेरो घाँटी दुखेको थियो, तर मलाई लाग्छ हामीले पहिलो कार्यकालमा राम्रो गरेका छौं ।”

बाइडेनको पहिलो कार्यकालका समय ह्वाइट हाउस स्पष्ट रूपमा क्षति नियन्त्रण गर्ने मोडमा थियो ।

उपराष्ट्रपति कमला ह्यारिसले सीएनएनलाई दिएको प्रत्यक्ष अन्तर्वार्तामा बाइडेनको रेकर्ड ‘असाधारण रूपमा बलियो’ भएको बताउनुभएको छ ।

ह्यारिसले भन्नुभयो, “हो, सुरुआत सुस्त थियो, तर सशक्त अन्त्य भएको छ ।”

बाइडेनका पूर्वसञ्चार निर्देशक केट बेडिङफिल्डले सीएनएनसँग कुरा गर्दै राष्ट्रपतिका लागि यो निकै निराशाजनक साँझ भएको बताउनुभएको छ ।

“यसलाई कम गर्ने अर्को कुनै तरिका छ भन्ने मलाई लाग्दैन,” उहाँले भन्नुभयो ।

सीएनएनको एक सर्वेक्षणले बहसमा सहभागीमध्ये ६७ प्रतिशतले बहसमा ट्रम्पले जितेको बताएका छन् ।

डेमोक्र्र्याटहरूले अगस्टमा सिकागोमा बाइडेनलाई आफ्नो उम्मेदवारको रूपमा औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन् । राष्ट्रपति स्वयंले फिर्ता उम्मेदवारी नलिएसम्म मार्ग परिवर्तन गर्ने कुनै उपाय छैन ।

प्रिन्सटन विश्वविद्यालयका इतिहासकार जुलियन जेलिजरले बहसको प्रस्तुितबाट बाइडेनका समर्थकहरू निकै चिन्तित हुने बताउनुभएको छ ।

प्रिन्सटन विश्वविद्यालयका इतिहासकार जुलियन जेलिजरले बाइडेनका समर्थकहरू निकै चिन्तित हुने बताएका छन् । “बाइडनले आधारभूत धारणालाई बढावा दिनुभएको छ यसले उहाँलाई ओझेलमा पारिरहेको छ,” उहाँले भन्नुभयो ।

सान फ्रान्सिस्कोमा आयोजित ‘वाच पार्टी’मा हेजल रिट्जले “उनले भनेको एक शब्द पनि म बुझ्न सक्दिनँ । के यो दु:खद होइन ररु” अझै पनि उहाँले बाइडेनलाई मतदान गर्ने बताउनुभएको छ ।

नितान्त व्यक्तिगत आरोप प्रत्यारोप 

कुनै पनि उम्मेदवारले नयाँ नीतिहरू राखेनन्, अधिकांश भनाइहरू एकअर्काले गरेका खराब प्रदर्शनबारे गरिएका आपसी आलोचनामा सीमित थिए ।

बाइडेनले व्यक्तिगत क्षणमा ट्रम्पले नोर्मान्डी अवतरणमा मारिएका सैनिकलाई ‘सकर’ को संज्ञा दिएको र इराकमा सेवा गरेका र पछि क्यान्सरका कारण मृत्यु भएका आफ्नै छोरा ब्यूलाई उल्लेख गरेको उल्लेख गर्नुभएको थियो ।
बाइडनले भन्नुभयो, “मेरो छोरो हारेको थिएन, मूर्ख पनि थिएन । बरू तपाईँलाई यो भन्न सुहाँउँछ । तपाईं ‘हरूवा’ हो ।”

ट्रम्पले उक्त टिप्पणीको खण्डन गर्दै बाइडेनलाई सुसंगत नभएको आरोप लगाउनुभएको थियो ।

विदेश नीतिका विषयमा बाइडनले इजरायललाई समर्थन गरेको भन्दै डेमोक्र्याटिक पार्टीका केही सदस्यबाट आलोचना खेपिरहेका बाइडेनले हमासविरुद्धको कारबाहीका सन्दर्भमा इजरायललाई सहयोग नगरेको आरोप लगाउनुभयो ।

पूर्व राष्ट्रपति ट्रम्पले भन्नुभयो, “बाइडेन त्यसो गर्न चाहनुहुन्न । उहाँ प्यालेस्टिनी जस्तै बन्नुभएको छ । तर उनीहरूले पनि उहाँलाई मन पराउँदैनन् किनभने उहाँ धेरै खराब प्यालेस्टिनी हसनुहुन्छ । कमजोर हुनुहुन्छ ।”

ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनलाई बाइडेनले गरेकोे ‘अमेरिकी इतिहासको सबैभन्दा लज्जाजनक क्षण’ भन्दै यसले रूसलाई युक्रेनमाथि आक्रमण गर्न प्रोत्साहित गरेको बताउनुभएको थियो ।

विदेशमा कुनै पनि सैनिक जोखिममा नपरेको उल्लेख गर्दै बाइडेनले यस्तो नीतिका लागि आफू पहिलो सफल राष्ट्रपति भएको दावी गर्नुभयो ।

ट्रम्प र बाइडनबीच गर्भपतन र आप्रवासनका विषयमा पनि विवाद भएको थियो ।

बाइडेनले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरेको प्रसङ्गमा ट्रम्पको आलोचना गर्दै भन्नुभयो, “यो भयानक कुरा हो, तपाईंले जे गर्नुभयो, त्यो भयानक कुरा थियो । अमेरिकी नागरिकले यसलाई बिर्सिने छैनन् ।”

मञ्चमा उपस्थित नहुनेमा चार वटा राष्ट्रिय चुनावमा सीएनएनको १५ प्रतिशत पुग्ने थ्रेसहोल्ड पूरा गर्न असफल एक उम्मेदवार संस्थापन विरोधी अभियन्ता रोबर्ट एफ केनेडी जुनियर हुन्हुन्थ्यो । केनेडीले ९० मिनेट लाइभस्ट्रिममा प्रश्न लिएर बिताउनुभएको थियो ।