• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताउनुभएको हो । उहाँले एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताउनु भयो ।

उहाँले आफुहरुले मुलुकलाई सही दिशामा अगाडी बढाउन भुमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताउनु भयो । उहाँले एमालेबाट विद्रोह नगरेको भए आफुहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताउनु भयो । उहाँले आफूहरुले आत्मसर्मपण नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्यौँ । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि भुमिका निर्वाह ग¥यौँ । अत्यन्तै सही काम गर्यौँ । कम्युनिस्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ । र आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि फेरीपनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्यौँ । नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्यौँ ।

नभए हामी हराइसकेका हुन्थ्यौँ । हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ति सबै कुराहरुलाई स्वीकार गरेनौँ । हामीले समर्पण गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ । र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ । हाम्रो भुमिकालाई स्थापित गरेका छौँ ।’

अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भुमिकालाई स्थापित गरेको बताउनु भयो । उहाँले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताउनु भयो । आगमी दिनमा पार्टीको सिट संख्या बढ्ने उहाँको भनाई छ ।