८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

राशिद खानः शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके, हाल टी–२० सुपरस्टार

राशिद खानः शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके, हाल टी–२० सुपरस्टार
अ+ अ-

एजेन्सी । अफगानिस्तानको टोली २०२४ को टी–२० विश्वकपको सेमिफाइनलमा हारेको भएपनि यहाँसम्मको उसको यात्राको सम्पूर्ण क्रिकेट जगतमा प्रशंसा भइरहेको छ ।

खासगरी टीमका कप्तान राशिद खानको नाम यतिबेला हरेक क्रिकेटप्रेमीको ओठमा छ । उनको कप्तानीमा टोलीले प्रतियोगितामा अस्ट्रेलिया र न्युजिल्याण् जस्ता ठूला टोलीलाई पराजित गर्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको थियो । राशिदले ८ खेलमा १४ विकेट लिए ।

कप्तान राशिद खानको यहाँसम्मको यात्रा सहज रहेन । उनको बाल्यकाल चरम कष्टमा बित्यो । सन् २००१ मा अफगानिस्तानमा अमेरिका र तालिबानबीच भएको युद्धले उनको परिवारलाई आफ्नो घर छोड्न बाध्य पारेको थियो ।

बालबालिकाको सुरक्षाका लागि परिवार अफगानिस्तान छाडेर पाकिस्तानको सीमा नजिकैको शरणार्थी शिविरमा बस्न थाले । त्यतिबेला राशिद जम्मा ३ वर्षका थिए ।

स्थितिमा सुधार आएपछि परिवार फर्कियो तर केही समयपछि फेरि उही अवस्था आयो र सम्पूर्ण परिवार पाकिस्तान फर्कियो । पेशावरको गल्लीमा खेल्दै उनको जीवन बित्यो ।

एक पटक राशिदलाई अचानक अंग्रेजी बोल्ने बानी भयो । म्याट्रिकको परीक्षा दिएपछि उनले ६ महिना अंग्रेजीमा विशेष ट्युसन लिए । यसपछि उनी आफैं अंग्रेजी ट्युसन पढाउन थाले ।

राशिद खानको जन्म अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको थियो । बुबा खोदादाद खान टायर व्यवसायी थिए । राशिद पढाइमा निकै चलाख थिए । उनकी आमाको सपना थियो कि राशिद ठूलो भएर डाक्टर बन्ने तर अफगानिस्तानमा तालिबान र अमेरिकाबीच बारम्बार हुने युद्धका कारण उनी कहिले अफगानिस्तान र कहिले पाकिस्तानमा बस्नुपरेको थियो ।

यसले उनको पढाइ प्रभावित भयो । जब राशिद हुर्कदै थिए, मानिसहरू पाकिस्तानी अलराउन्डर शाहिद अफ्रिदीको लागि पागल थिए । उनलाई देखेर राशिदले पनि त्यस्तै ब्याटिङ र स्पिन सिके । क्रिकेट अभ्यास गर्न उनी आफ्ना भाइहरूसँग घण्टौंसम्म खेल्थे । उनले युट्युबबाट बलिङ समेत सिके । यसरी सुरु भयो उनको क्रिकेटर बन्ने यात्रा । राशिदका ६ दाजुभाइ र ४ बहिनी छन् ।

२०१५ मा, केवल १५ वर्षको उमेरमा, राशिद खानले जिम्बावे विरुद्ध एक दिवसीय र टी–मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरे । यसपछि सन् २०१८ मा उनले भारतविरुद्ध पहिलो टेस्ट खेलेका थिए । २०२१ मा, केवल २१ वर्षको उमेरमा, उनी टोलीका तीनवटै ढाँचा (टेष्ट, एकदिवसीय र टी–२०)को कप्तान बने । तर, सोही वर्ष उनलाई हटाएर अस्गर अफगानलाई कप्तानी दिइएको थियो ।

राशिदले अहिलेसम्म कुल २०१ खेल (टेष्ट, एकदिवसीय र टी–२०) खेलेर २६९ विकेट लिएका छन् । उनको नाममा मात्र ५३ खेलमा १०० टी–२० अन्तर्राष्ट्रिय विकेट लिने कीर्तिमान छ ।

अन्तर्राष्ट्रिय खेलहरू बाहेक, राशिदले आईपीएल र बीबीएल लगायत विश्वका लगभग सबै प्रमुख क्रिकेट लिगहरूमा खेल्छन् । उनी फेरि एकपटक २०२४ को टी–२० विश्वकपका लागि टिमको कप्तान बने ।

राशिदसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराहरू:
२०२० मा, आईसीसीले राशिद खानलाई दशकको सर्वश्रेष्ठ पुरुष टी–२० क्रिकेटरको रूपमा सम्मान गर्‍यो ।

राशिदले युट्युबबाट बलिङसँग सम्बन्धित धेरै ट्रिक सिकेका छन् । कोचिङको राम्रो व्यवस्था नहुँदा उनले भिडियो हेरेर मनपर्ने स्पिनरको प्रविधि सिके ।

धेरै पाकिस्तानी र अफगान फ्यानहरूले उनलाई ‘अफगान अफ्रिदी’ पनि भन्छन् । पाकिस्तानका अलराउन्डर शाहिद अफ्रिदी उनको आइडल बनेका छन् ।

राशिद पाकिस्तानको घरेलु टोलीबाट पनि खेलिसकेका छन् । सन् २०१३ मा पाकिस्तान, अफगानिस्तान र ताजिकिस्तानबीच भएको प्रतियोगितामा उनले पाकिस्तानको ‘सिबी’ टोलीबाट खेलेका थिए ।

क्रिकेटबाहेक उनी फुटबलका पनि ठूला फ्यान हुन् । एक अन्तर्वार्तामा राशिदले आफू क्रिकेटर नभएको भए फुटबलमा करियर बनाउने बताएका थिए । उनलाई बलिउड फिल्महरु निकै मन पर्छन् । सलमान उनको मनपर्ने अभिनेता हुन् ।