• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

राशिद खानः शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके, हाल टी–२० सुपरस्टार



एजेन्सी । अफगानिस्तानको टोली २०२४ को टी–२० विश्वकपको सेमिफाइनलमा हारेको भएपनि यहाँसम्मको उसको यात्राको सम्पूर्ण क्रिकेट जगतमा प्रशंसा भइरहेको छ ।

खासगरी टीमका कप्तान राशिद खानको नाम यतिबेला हरेक क्रिकेटप्रेमीको ओठमा छ । उनको कप्तानीमा टोलीले प्रतियोगितामा अस्ट्रेलिया र न्युजिल्याण् जस्ता ठूला टोलीलाई पराजित गर्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको थियो । राशिदले ८ खेलमा १४ विकेट लिए ।

कप्तान राशिद खानको यहाँसम्मको यात्रा सहज रहेन । उनको बाल्यकाल चरम कष्टमा बित्यो । सन् २००१ मा अफगानिस्तानमा अमेरिका र तालिबानबीच भएको युद्धले उनको परिवारलाई आफ्नो घर छोड्न बाध्य पारेको थियो ।

बालबालिकाको सुरक्षाका लागि परिवार अफगानिस्तान छाडेर पाकिस्तानको सीमा नजिकैको शरणार्थी शिविरमा बस्न थाले । त्यतिबेला राशिद जम्मा ३ वर्षका थिए ।

स्थितिमा सुधार आएपछि परिवार फर्कियो तर केही समयपछि फेरि उही अवस्था आयो र सम्पूर्ण परिवार पाकिस्तान फर्कियो । पेशावरको गल्लीमा खेल्दै उनको जीवन बित्यो ।

एक पटक राशिदलाई अचानक अंग्रेजी बोल्ने बानी भयो । म्याट्रिकको परीक्षा दिएपछि उनले ६ महिना अंग्रेजीमा विशेष ट्युसन लिए । यसपछि उनी आफैं अंग्रेजी ट्युसन पढाउन थाले ।

राशिद खानको जन्म अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको थियो । बुबा खोदादाद खान टायर व्यवसायी थिए । राशिद पढाइमा निकै चलाख थिए । उनकी आमाको सपना थियो कि राशिद ठूलो भएर डाक्टर बन्ने तर अफगानिस्तानमा तालिबान र अमेरिकाबीच बारम्बार हुने युद्धका कारण उनी कहिले अफगानिस्तान र कहिले पाकिस्तानमा बस्नुपरेको थियो ।

यसले उनको पढाइ प्रभावित भयो । जब राशिद हुर्कदै थिए, मानिसहरू पाकिस्तानी अलराउन्डर शाहिद अफ्रिदीको लागि पागल थिए । उनलाई देखेर राशिदले पनि त्यस्तै ब्याटिङ र स्पिन सिके । क्रिकेट अभ्यास गर्न उनी आफ्ना भाइहरूसँग घण्टौंसम्म खेल्थे । उनले युट्युबबाट बलिङ समेत सिके । यसरी सुरु भयो उनको क्रिकेटर बन्ने यात्रा । राशिदका ६ दाजुभाइ र ४ बहिनी छन् ।

२०१५ मा, केवल १५ वर्षको उमेरमा, राशिद खानले जिम्बावे विरुद्ध एक दिवसीय र टी–मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरे । यसपछि सन् २०१८ मा उनले भारतविरुद्ध पहिलो टेस्ट खेलेका थिए । २०२१ मा, केवल २१ वर्षको उमेरमा, उनी टोलीका तीनवटै ढाँचा (टेष्ट, एकदिवसीय र टी–२०)को कप्तान बने । तर, सोही वर्ष उनलाई हटाएर अस्गर अफगानलाई कप्तानी दिइएको थियो ।

राशिदले अहिलेसम्म कुल २०१ खेल (टेष्ट, एकदिवसीय र टी–२०) खेलेर २६९ विकेट लिएका छन् । उनको नाममा मात्र ५३ खेलमा १०० टी–२० अन्तर्राष्ट्रिय विकेट लिने कीर्तिमान छ ।

अन्तर्राष्ट्रिय खेलहरू बाहेक, राशिदले आईपीएल र बीबीएल लगायत विश्वका लगभग सबै प्रमुख क्रिकेट लिगहरूमा खेल्छन् । उनी फेरि एकपटक २०२४ को टी–२० विश्वकपका लागि टिमको कप्तान बने ।

राशिदसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराहरू:
२०२० मा, आईसीसीले राशिद खानलाई दशकको सर्वश्रेष्ठ पुरुष टी–२० क्रिकेटरको रूपमा सम्मान गर्‍यो ।

राशिदले युट्युबबाट बलिङसँग सम्बन्धित धेरै ट्रिक सिकेका छन् । कोचिङको राम्रो व्यवस्था नहुँदा उनले भिडियो हेरेर मनपर्ने स्पिनरको प्रविधि सिके ।

धेरै पाकिस्तानी र अफगान फ्यानहरूले उनलाई ‘अफगान अफ्रिदी’ पनि भन्छन् । पाकिस्तानका अलराउन्डर शाहिद अफ्रिदी उनको आइडल बनेका छन् ।

राशिद पाकिस्तानको घरेलु टोलीबाट पनि खेलिसकेका छन् । सन् २०१३ मा पाकिस्तान, अफगानिस्तान र ताजिकिस्तानबीच भएको प्रतियोगितामा उनले पाकिस्तानको ‘सिबी’ टोलीबाट खेलेका थिए ।

क्रिकेटबाहेक उनी फुटबलका पनि ठूला फ्यान हुन् । एक अन्तर्वार्तामा राशिदले आफू क्रिकेटर नभएको भए फुटबलमा करियर बनाउने बताएका थिए । उनलाई बलिउड फिल्महरु निकै मन पर्छन् । सलमान उनको मनपर्ने अभिनेता हुन् ।