३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

लन्डन ब्रिज इज डाउन… बेलायतकी महारानीको निधन, कसरी र कहिले हुनेछ अन्त्येष्टि ?



अ+ अ-

एजेन्सी

लन्डन । बेलायतमा महारानीको निधनलाई आधिकारिक सर्कलमा ‘अपरेशन लन्डन ब्रिज’ भनेर चिनिन्छ। यो एक प्रकारको ‘प्रोटोकल’ हो जुन बकिंघम प्यालेसले बिहीबार ९६ वर्षीया महारानीको निधनको घोषणा गरेपछि लागू भएको छ।

यससँगै ‘अपरेशन स्प्रिङ टाइड’ पनि लागू भएको छ । जसअन्तर्गत महारानी एलिजाबेथ द्वितीयाका छोरा तथा उत्तराधिकारी प्रिन्स चार्ल्स ७३ वर्षको उमेरमा ‘महाराज चार्ल्स तृतीय’ का रूपमा देशको राजगद्दीमा आरोहण हुनुभएको छ ।

‘लन्डन ब्रिज इज डाउन’ एउटा ‘कोड शब्द’ हो जुन महारानीका निजी सचिवका तर्फबाट प्रधानमन्त्री लिज ट्रसलाई महारानीको निधनको जानकारी दिन प्रयोग गरिएको हुनसक्छ ।

फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) को ‘ग्लोबल रेस्पोन्स सेन्टर’ बेलायत बाहिरका १५ सरकारलाई समाचार पठाउने जिम्मेवारीमा छ, जहाँ महारानी राष्ट्र प्रमुख हुनुहुन्छ । ग्लोबल रेस्पोन्स सेन्टरलाई राष्ट्रमण्डलका अन्य ३८ मुलुकलाई पनि समाचार पठाउने जिम्मेबारी छ ।

निधन भएको १० पछि हुनेछ अन्त्येष्टि

शाही परिवारले चाँडै अन्त्येष्टिका लागि आधिकारिक तालिका जारी गर्नेछ। उहाँको निधनको १० दिनपछि बिहीबार अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रधानमन्त्री ट्रसले नयाँ राजालाई भेटेपछि राष्ट्रिय शोकको घोषणा गरिने भएको छ । राजा चार्ल्स तृतीयले राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ । लन्डनस्थित सेन्ट पल क्याथेड्रलमा प्रधानमन्त्री र मन्त्रीहरूका लागि पनि एक कार्यक्रम आयोजना हुनेछ।

महारानीको शवलाई सार्वजनिक अवलोकनका लागि राख्न सकिन्छ । आगामी दिनमा के हुन्छ भन्ने बारे कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। यद्यपि महारानीको पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि हुने अपेक्षा गरिएको छ।

महारानीको पार्थिव शरीरलाई पनि श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणका लागि राखिने बताइएको छ । राजा चार्ल्स तृतीयले आगामी दिनहरूमा अन्तिम योजनाहरूमा हस्ताक्षर गर्नुहुनेछ ।




भर्खरै