• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द ★   कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला ★   सिरोहियालाई साधारण तारेखमा छोड्न माग गर्दै जनकपुरका मेयर धर्नामा

रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग



एजेन्सी । रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

“हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,” रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा “विशेष सैन्य अपरेशन” भनेको छ ।