९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

मानव–वन्यजन्तु बिच द्वन्द्व बढ्दै

मानव–वन्यजन्तु बिच द्वन्द्व बढ्दै
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पाउनुभएको छैन । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ ।

वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन् । एक विघा जग्गामा लगाएको धानबाली जङ्गली हात्तीले भित्र्याउन नदिने गरेको चौधरीले बताउनुभयो । “हिउँद्मा सुँगुरले खेतबारीमा बसेर गहुँबालीमा क्षति पु¥याउँछ”, उहाँले भन्नुभयो, “वर्षात्का बेला हात्तीको बथानले खेतमा रोपेको धान सखाप पार्छ ।’’ पहिला वर्षभरि पुग्ने अन्नले अहिले दुई महिना पनि खान नपुग्ने गरेको उहाँको गुनासो छ ।

जङ्गली जनावर भगाउन रातभरि खेतमै जाग्राम बस्ने गरेको सोही ठाउँका वीरसिंह धामीले बताउनुहुन्छ । “हात्तीको बथान साँझ नपर्दै खेतमा पुग्ने गर्दछ, पेटभरि खाएर मात्रै फर्कने गर्दछ” उहाँले भन्नुहुन्छ, “भगाउँदा उल्टै आक्रमण गर्न आउने भएकाले कुन दिन ज्यान ज्याने हो ठेगान छैन, फलेको धान हात्तीले खाएर नोक्सान पु¥याउँदा टुलुटुलु हेर्नु बाहेक अर्को विकल्प छैन ।” एक साताअघि स्थानीय एक बालिकाको हात्तीले ज्यानै लिएको थियो । ‘‘पहिला पटका पड्काउँदा, आगो देखाउँदा, टिन ठटाउँदा हात्ती भाग्थ्योे” धामीले भन्नुभयो, “अहिले त जुनसुकै उपाय गर्दा पनि हात्ती भरपेट खाएर नअघाएसम्म फर्किन मान्दैन ।”

साँझ खेतमा छिरेको हात्तीको बथान धान बाली खाएर बिहानीपख मात्रै सामुदायिक वन क्षेत्रमा फर्कने गरेको छ । स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा डेढ दर्जन हात्तीको सङ्ख्या रहेको छ । हात्तीलगायतका अन्य जनावर भगाउन बस्ती नजिकका क्षेत्रमा स्वचालित सेन्सरयुक्त बत्ती जडान गर्न लागिएको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । “केही सामुदायिक वनहरुले बत्ती जडानमा सहयोग गरिरहेका छन्” उहाँले भन्नुभयो, “केही वडाबाट बत्तीको व्यवस्था मिलाउन लागेका छौं, हात्ती बस्तीमा छिरेमा सर्वसाधारणलाई सचेत रहनका लागि खबरदारी गर्न पूर्व सूचना प्रणाली जडान समेत गरिएको छ ।”

ठाउँठाउँमा सिसिटिभी जडान गरेर हात्तीको निगरानी गर्ने कार्य समेत हुँदै आएको छ । हात्ती भगाउन स्थानीय बासिन्दा खेतवारीमा खटिने भएकाले मानवीय क्षति हुन नदिन सचेतनाका कार्यक्रम सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको बथानले तीन साताको अवधिमै वडा नं ८ का २५ भन्दा बढी किसानको ३० विघा धान खेतीमा नोक्सानी पु¥याइसकेको छ । तीन विघा मकैमा पनि नोक्सानी गरेको छ । बाल विकास भवन, स्यालो टयुवेल, सामुदायिक वनको कार्यालयको भवनमा पनि हात्तीले क्षति पु¥याएको वडाध्यक्ष महराले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै नजिकका सामुदायिक वन आसपासका गाउँमा हात्तीको बथानले बढी क्षति पु¥याउँदै आएको छ । शुक्लाफाँटा नगरपालिका–७ र ८ का किसानको खेतबारीमा बढी नोक्सानी गरेको छ । हात्तीले कुल्चन बाँकी रहेको धानबाली सुँगुरको हुल आएर खाएर जाने गरेको छ । वर्षात् सकिएपछि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगतको नगरपालिकाको वडा नं १ देखि ६ सम्म वितण्डा निम्त्याउने गरेको छ ।

धान काट्ने बेला यी वडाहरुमा हात्तीको बथानले धानबाली खाने मात्र होइन, घरभित्र राखेको धानसमेत पर्खाल भत्काएर खाने गरेको छ । त्यसपछि हात्तीको बथान पुरानै बासस्थान भारतीय दुधुवा नेशनल पार्कतर्फ फर्कने गर्दछ । गहुँबाली पाक्नै लागेका बेला पुनः दुधुवाबाट फर्केर नोक्सानी गर्दै आएको स्थानीय नरेन्द्रप्रसाद चौधरी बताउनुहुन्छ ।

तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट कञ्चनपुरमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन । जङ्गली सुगुँरको आक्रमणबाट दुई वर्षको अवधिमा आठ जना घाइते भएका छन् ।

निकुञ्ज नजिकैको गाउँ सिमलफाँटा धनबहादुर चौधरी भने हात्ती भन्दा बढी निलगाई र चितलको बथानले खेतमा रोपेको धान बाली र गहुँबाली खाएर नोक्सानी पु¥याउने गरेको बताउनुहुन्छ । “गहुँ टुसाउन नपाउँदै जङ्गली जनावरले सखाप पार्छन्” उहाँले भन्नुभयो, “खेतवारीभित्रै सुगुँरले घोल बनाई बस्ने गर्दछन्, खेतमा लगाएको आधा अन्न पनि घरभित्र भित्र्याउन पाइँदैन ।” खेती गर्दा लगानी गरेको रकम समेत नउठ्ने गरेको उहाँको भनाइ छ ।

यसैगरी भारतीय वन क्षेत्र हुँदै नेपाली बस्तीमा छिर्ने हात्तीले दोधारा चाँदनी नगरपालिकाको वडुवाल टोलमा समेत किसानको बालीनालीमा नोक्सानी पु¥याउने गरेको स्थानीय किसानहरु बताउँछन् । केही महिनाअघि मात्रै शुक्लाफाँटा नगरपालिका –१ र २१ मा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका बाख्रा र घरमा पालेका कुकुर खाएर हैरानीमा पारेको थियो । निकुञ्ज क्षेत्रबाट नजिकका जानकी, लक्ष्मी, जनज्योति मध्यवर्ती सामुदायिक वनभित्र बस्ने गरेको चितुवाले नोक्सानी पु¥याउन थालेपछि स्थानीय बासिन्दाले चितुवालाई निकुञ्जमै भगाएका थिए ।

वन क्षेत्र नजिकै घर भएकाले कुन बेला कस्तो किसिमको वन्यजन्तुले आक्रमण गर्ने हो भन्ने चिन्ताले स्थानीयवासी सधैँ त्रसित बन्ने गरेका छन् । गत वर्ष वन क्षेत्र नजिकै दाउरा खोज्न गएका बासिन्दालाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो ।

हात्ती र सुगुँरले घर बस्तीमै पुगेर नोक्सान पु¥याउने र मानवीय क्षति गर्ने भए पनि अन्य जनावरसँगको मानवको द्वन्द्व भने वन क्षेत्रमै हुने गरेको छ । घाँस, दाउरा गर्न गएका बेला चितुवा, गैंडा, बाघलगायतका जनावरले आक्रमण गर्ने गरेको छ ।

जनसङख्या वृद्धिसँगै मानवीय आवश्यकता बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुको वासस्थान विनास, खानेकुराको अभाव र वन अतिक्रमण गर्ने क्रम बढ्दो रुपमा हुँदा वन्यजन्तु मानव बस्तीतर्फ जाने गरेको छ । वन्यजन्तु ओहरदोहर गर्ने जैविक मार्गमा मानव बस्ती बस्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व झन् बढ्न गएको वन संरक्षणको क्षेत्रमा क्रियाशील कालुराम डगौरा बताउनुहुन्छ । उहाँका अनुसार लालझाडी संरक्षण क्षेत्रभित्र पर्ने डोकेबजारको बसोवासले गर्दा भारतसँगको दुधुवा नेशल पार्कसँगको जैविक मार्ग टुटेको छ । ‘‘यस क्षेत्रमा बसोवास गर्ने बासिन्दालाई उचित व्यवस्थापन गरी अन्यत्र अन्तर्राष्ट्रियस्तरको जैविक मार्ग कायम गर्न सकिए नेपाल–भारतका वन्यजन्तुहरु स्वतन्त्र रुपमा हिंडडुल गर्न सक्ने थिए’’, उहाँ भन्नुहुन्छ ।

जैविक मार्ग टुटेकै कारण हात्तीलगायतका जनावरले मानव बस्तीमा पुगेर बालीनाली सखाप पार्ने, घर भत्काउने र मानवीय क्षति गर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो । “हात्ती भगाउन र जनधनको क्षति न्यूनीकरणका लागि नवीनतम् प्रविधि के हुन सक्छ भन्ने बारे स्थानीय प्रशासनसँग छलफल भइरहेको छ’’, उहाँले भन्नुभयो । तत्कालका लागि हात्ती नियन्त्रण गर्न पट्का पडकाउने, पूर्व सूचना प्रणालीलाई सक्रिय पार्ने कार्य गरिएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले वन क्षेत्र घना हुँदा वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । वन क्षेत्र संरक्षणमा टेवा पुगेपछि वन क्षेत्र नजिकका बस्तीका बासिन्दाले हात्ती र सुगुँरको समस्या झेल्नु परेको उहाँको भनाइ छ । “वासस्थानमा खलल पुगेपछि वन्यजन्तु बस्तीतर्फ सोझिन थालेका हुन्, निकुञ्ज नै अतिक्रमण गरेर बस्ती बसेको छ, विभिन्न बहानामा वन क्षेत्र मास्ने क्रम जारी छ, वन क्षेत्रमा बन्ने संरचना वन्यजन्तुमैत्री नहुँदा समेत समस्या छ” उहाँले भन्नुभयो । हात्तीबारे पूर्वसूचना दिनका लागि बेदकोट, शुक्लाफाँटा, लालझाडी र कृष्णपुरमा साइरन उपलब्ध गराइएको छ ।

जङ्गली हात्तीलगायतका बन्यजन्तु नियन्त्रणका लागि दुई वर्षअघि सुदूरपश्चिम प्रदेशको लगानीमा बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रमा मेसवायर जडानको कार्य समेत गरिएको छ । केही सामुदायिक वनले समेत बस्ती नजिकका क्षेत्रमा मेसवायर जडान गरेका छन् । मेसवायर जडान भएपछि सुँगुर, चित्तल, निलगाईलगायतका जनावर खेतवारीमा आउने क्रम रोकिए पनि हात्तीको आउने क्रम भने रोकिएको छैन । “रुखका हाँगालाई हात्तीले मेसवायर जडान गरेको क्षेत्रमा तेर्सो गरेर राख्ने र खुट्टाले कुल्चेर ढलाउने गरेको छ” वातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले भन्नुभयो, “मेसवायर ढलेपछि हात्ती बस्तीमा सहजै प्रवेश गर्दछ, केही वर्ष अघि मेसवारयर जडान भएपछि हात्ती बस्ती पसेको थिएन, अहिले हात्तीले नयाँ जुक्ति लगाएर मेसवायर ढलाएर बस्ती प्रवेश गर्न सिकेको छ ।”

हात्ती लगायतका जङगली जनावरबाट बाली नाली जोगाउनका लागि वन क्षेत्र नजिकका बासिन्दाले वन्यजन्तुले मन नपराउने, नखाने बाली र जडीबुटीको खेती गर्नु पर्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अबस्थीले बताउनुभयो । “वन्यजन्तु प्रभावित क्षेत्रमा माछापालन, मौरीपालन लगायतका बैकल्पिक खेती गर्न सकिन्छ” उहाँले भन्नुभयो, “यसबाट किसानले नोक्सानी व्यहोर्नु पर्दैन ।” जनावरका आनिबानी बारे जानकारी भए मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । कञ्चनपुरका ७० प्रतिशत बस्तीहरु वन क्षेत्रका वरिपरि नै रहेका छन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुले वस्तीमा प्रवेश गरी स्थानीय जनताको जीउ धनको क्षति पु¥याउने कार्य गरे सामान्य घाइतेको प्रकृति हेरी बढीमा रु १० हजार, सख्त घाइतेका लागि बढीमा रु एक लाख, मृत्यु भएमा आश्रितका परिवारलाई रु पाँच लाखसम्म राहत रकम दिने प्रावधान रहेको छ । पशुधन क्षति भएमा भैंसी वा जोत्ने गोरुको मृृत्यु भएमा रु ३० हजारसम्म र अन्य पशुको हकमा बढीमा रु १० हजारसम्म राहत दिने प्रावधान रहेको छ । कञ्चनपुरमा कुल वन क्षेत्र ७८ हजार ७९७ हेक्टरमध्ये ४० प्रतिश अर्थात ३० हजार ५०० हेक्टर क्षेत्र वन निकुञ्जले ओगटेको छ । डिभिजन वन कार्यालयअन्र्तगत ४७ हजार २६२ हेक्टर ९६० प्रतिशत० वन क्षेत्र संरक्षण गर्ने जिम्मा छ । रासस