• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

कानूनी उपचारमा सहयोग गर्न सन्दीपको क्यानलाई आग्रह- भिडियो सहित



काठमाडौँ । जबरजस्ती करणीको आरो लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारका लागि सहयोग गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग गुहार मागेका छन् ।

अहिले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज ९जमैका० मा रहेका सन्दीपले कानूनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका हुन् ।

क्यानका अनुसार सन्दीपले कानूनी लडाइँ लड्ने बताउँदै सहयोगका लाग आग्रह गरेका हुन् ।

सन्दीपविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा उनि बिरुद्ध उजुरी परेको हो ।

सीपीएलको खेलेर मात्र सन्दीप स्वदेश फर्कने भएका छन् । यद्यपि बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने उनले खेल्न पाएनन् ।