२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सार्वजनिक पदको सम्मान किन छैन ?



अ+ अ-

क्यानडाका प्रधानमन्त्री साइकल चढेर काममा जान्छन्। भूतपूर्व राष्ट्रपति बाराक ओबामा डिपार्टमेन्ट स्टोरमा काम गर्दै गरेको देखिन्छ ।स्वीडेनकी प्रधानमन्त्रीलाई डान्सवारमा पब्लिकले विरोध गर्दैनन् तर ठूलो समाचार बन्छ। उनी यसको प्रतिरक्षा गर्छिन। भन्छिन् यो ब्याक्तिगत स्वतन्त्रता हो।

भारतका प्रधानमन्त्री मोदी लाइनमा बसेको फोटो देखिन्छ। हाम्रोमा मन्त्रीले गार्डलाइ कारबाही गरेको समाचार भाइरल बन्छ। सोसल मिडियाले सबैलाई नजिकै बनाएको छ। चाहे ती नेता, सम्राट वा जनता किन नहुन् । चित्र सोसल मिडियामा देखिन्छ। तर यी विषय तथ्यको कति नजिक छन् ।

कति औपचारिक, कति अनौपचारिक छन् हामी आफ्नै तरिकाले विश्लेषण गर्छौं। संसारका नागरिक आफ्नोपनमा स्वतन्त्र हुन्छन। कानुनमा बाँधिनु उनीहरूको कर्तव्य हो ।कानुनको शासन ,जनताको अधिकारको रक्षा, मानवअधिकार जस्ता विषयले सबै प्रकारको विभेदको अन्त्य र समानताको प्रत्याभूति दिन्छ।

सार्वजनिक पद जनताको पद हो। यो पद जनताप्रति उत्तरदायी हुन्छ। उत्तरदायी पदले नियुक्ति लिँदा नै देश र जनताप्रति सेवाको शपथ लिन्छन। चाहे त्यो ठुलो सानो जुनसुकै पद किन नहोस ।जब हामी पद प्रतिष्ठा र शक्तिमा पुग्छौ ।सपथ बिर्सँदै जान्छौ।तर जनताले बिर्सदैनन्।

जति हामी जनताका सपथ पुरा गर्छौं जनताले सम्मान गर्न थाल्छन्। देख्नेबित्तिकै कुर्सी छाडिदिन्छन् ।खादै गरेको आधा गाँस दिन्छन् । उकालोमा लट्ठी दिन्छन्। नेपालमा यस्ता थुप्रै नबिर्सिने नेता र प्रशासकहरु छन्। जसको नाम याद गर्नै पर्दैन ।उनीहरुलाई जनताले आफै लगेर खाना खुवाए। लाइनमा बस्न दिएनन् ।आफ्नै लाईनको ठाउँ छोडी दिए। आज पनि उनीहरुलाई लाइनको अगाडि राखेर जनताहरुले सुशासनको परिकल्पना गर्छन्।

आज मन्त्री, जनप्रतिनिधि, प्रशासक ,कर्मचारीलाई जनताले किन मन पराउँदैनन् । पहिलो कारण त सचेत गराउँदा गराउँदै पनि सार्वजनिक पद वालाले गल्ती गर्न छोडेनन। भ्रष्टाचार गरिरहे। अनिमितता गरिरहे ।अर्काको पालो मिचेर काम गरेको जनताले आफ्नै आँखाले देखे। । उनीहरुले कानुन मानेनन्। जताततै अनियमितता हुँदा पनि जनताका कुरा सुनेनन्।

त्यसपछि यिनीहरुप्रति जनताको विश्वास उड्दै गयो। सरकारी वर्गको जहाँ भेट्यो, त्यही विरोध हुनथाल्यो। काम प्रति उत्तरदायी नहुनु कमजोरी हो । सार्वजनिक पद धारण गर्नेले यो विषयमा आत्म मूल्यांकन गर्न सकेनन। र आज सार्वजनिक पदहरुको जहाँ सुकै पनि सम्मान छैन। सार्वजनिक पद धारण गर्नेले राज्यको नीति जनतालाई बुझाउन पनि सकेनन् । विदेशको विकास र पद्धति जनताले बुझेका छन्। नेपालमा पनि त्यही सुशासन चाहन्छन् ।तर सरकारी कामहरु जनताप्रति उत्तरदायी र पारदर्शी हुन सकेनन् ।

एक प्रकारको नकरात्मक सोच जनतामा पैदा भएको छ। यो सोच साधारण होइन। कसको गल्ती के थियो भनेर हेर्नु भन्दा पनि सरकारी काम र ब्याक्ती खराब नै हुन्छ भन्ने मानसिकता बढ्नु सुशासनको लागि राम्रो होइन।

अमेरिकाको प्रहरी, भारतको कर्मचारीतन्त्र ,बेलायतको विधि, र प्रजातन्त्र, जापानको अनुशासन, चीनको सरकारप्रतिको विश्वासमा त्यहाँका जनता र सरकार गौरव गर्छन्। किनकि ति कसैको प्रभावमा पर्दैनन्। परेपनि आफ्नो निर्णय दिन्छन।आफ्नो निर्णयबाट पछि पर्दैनन्। तर नेपालमा यो खस्किएको छ। र जनताले कानूनको शासनमा विश्वास गर्न छाडे। र सार्वजनिक पद प्रतिको सम्मान हट्दै गयो। जबसम्म सरकारी पक्षले मेरो कुरा सुन्छ र न्याय दिन्छ भन्ने विश्वास जनतामा बढाउन सक्दैनौं यो सम्मान नजिक आउन गाह्रो छ।

विश्व प्रसिद्ध साहित्यकार भोल्तेयर आफ्नो जुत्तामा आफै पालिस गर्थे। गणेशमान सिंह ढोकामा बसेर कार्यकर्ताका जुत्ता पुछिदिन्थे। न्युटनले जीवनमा कहिल्यै कपाल कोरेनन। लक्ष्मीप्रसाद देवकोटा लापर्वाह थिए। प्राकृत थिए। नारायनगोपाल कसैको दबाबमा गित गाउँदैन थे। तर यी सबै प्रख्यात छन्। यिनीहरुलाई कुनै नियमले बाँधेन।न कुनै आदरभाव, संस्कारले छोयो । तर यिनीहरु अहिलेसम्म सगरमाथा भन्दा माथिको उचाइमा छन। यिनैका पालामा दुःख दिनेहरूको आजसम्म नामोनिशान छैन।

नेपालमा अझै वर्गीय सोच उग्र छ । यो सोच कहिले समानतामा परिणत होला प्रतीक्षा गरौ ।समानताको लागि सोच बदल्नु जरुरी छ। त्यो सोच उच्च पद प्रतिष्ठामा रहेका हुन् वा जनता दुवैले परिवर्तन गर्नुपर्छ। किनकि अहिलेको युग सूचनाको युग हो। यहाँ कसैले कसैलाई ढाट्न सक्दैन ।यदि ठान्छ भने यो सूचना अघि नै पुगिसकेको हुन्छ। त्यसैले समाजको विभेद अन्त्यसँगै यो सोच पनि परिणत हुन जरुरी छ। अहिलेको मन्त्रीले गार्डलाई कारबाई गरेको विषय यही हो ।गार्ड आफ्नो ठाउँमा मजबूत ठान्छन्। मन्त्री आफ्नो प्रतिष्ठाको ठाउँमा अझ मजबुत। यो दुइटाको द्वन्द तब सिद्धिन्छ जब दुइटैले आफूलाई समान महसुस गर्छन्। यो विस्तारै निर्माण हुँदै जाने कुरा हो ।तर यही बिषयमा अहिले हामी उग्र छलफलमा छौ।

सरकारी मात्र होइन, निजीक्षेत्रका बिचौलिया ,बजारका नाफाखोरी ,कालो धन्दा गर्ने सबैको सूचना जनताले राखेका छन्। यिनीहरु भन्नलान हाम्रो कुरा कसैलाई थाहा छैन।तर सिरक ओढेर ज्यू खाएपनि पोटिलो अनुहार प्रष्ट देखिन्छ ।त्यसैले जबसम्म सरकार उत्तरदायी, बजार पारदर्शी र जनता जिम्मेवार हुँदैनन् तबसम्म यस्ता समाचार भाइरल बनिरहन्छन् ।

यो समग्र राज्यसंयन्त्रको लागि चुनौती हो। राजनीति र राज्यसंयन्त्र दुबै यसमा सचेत हुनु जरुरी छ। यो कसैको मान मर्यादा र मानमर्दन होइन। उत्तरदायी नहुँदा समस्या झन बढ्छन्। त्यसैले जनताबाट सम्मान पाउने काम गरौं। जनताले रुचाएमा उनीहरु कुनै लाइनमा बस्नु पर्दैन। जनतालेआफ्नो ठाउँ छाडिदिन्छन्। एकअर्काको सम्मान गर्न थाल्छन्। यी विषय आज सार्वजनिक पद धारणगर्नेको लागि सोचनीय विषय हो।




भर्खरै