• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले

जनार्दन शर्माद्वारा उपमहासचिव पद अस्वीकार



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

अनेरास्ववियु क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा बुधबार उनले आफू संगठन विभाग प्रमुखका हैसियतले आएको बताए ।

पार्टीमा उनी महासचिवको दावेदार थिए तर अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाउँदै शर्मालगायत छ जना नेतालाई उपमहासचिव बनाएका थिए ।

अध्यक्ष प्रचण्डले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादवलाई उपमहाचिव घोषणा गर्दा शर्माले असहमति जनाउँदै फरक मत राखेका थिए ।