९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

यसरी फेरियो भैरहवाको रुप

यसरी फेरियो भैरहवाको रुप
अ अ+ अ-

भैरहवा । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा आउन चाहन्नथे । बसाइँसराइको प्रभाव पनि भैरहवामा न्यून थियो ।

तर अहिले भैरहवाको रुप फेरिएको छ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा–तौलिहवा फराकिलो सडक, नगरको भित्री क्षेत्रमासमेत फराकिलो तथा हरियाली बाटो, आकर्षक प्रवेशद्वार, तारे होटल, ‘सपिङ मल’, क्रिकेट रङ्गशालाले भैरहवाको आकर्षण बढाएका छन् । केही पहिलासम्म यहाँ आउन नाक खुम्च्याउनेहरु अहिले भैरहवा आउन लालयित हुने गरेका छन् ।

अन्र्तराष्ट्रिय विमानस्थल

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई अहिले स्तरोन्नति गरी मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । करिब ३० अर्बको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अल जजिरा एयरलाइन्सले साताको तीन उडान गर्दै आएको छ । भदौ ३१ गते देखि जजिराको दैनिक उडानको तयारी रहेको छ । त्यस लगत्तै कात्तिक १३ गते देखि बिज एयरलाइन्सले पनि भैरहवामा अवतरणको तयारी गरिरहेको छ । यस बाहेक यहाँबाट अन्य विमान कम्पनीलेसमेत उडानमा चासो दिइरहेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताउनुभयो ।

गौतमबुद्ध विमानस्थल अहिले वैदेशिक रोजगारीमा जान चाहनेका लागि रोजाइँमा पर्ने गरेको छ । अहिले उडान भरिरहेको जजिरा एयरमा पनि आउने जानेको सङ्ख्या बराबरजसो रहेको छ । जजिरा एयरका देशीय व्यवस्थापक अमित नागरथका अनुसार विमानमा ९० प्रतिशत सिट बुक गरी उडान गरिरहेको छ ।

लुम्बिनी

भैरहवाको अर्को परिचय हो गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार । स्थलमार्ग हँुदै सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामा अब अन्तर्राष्ट्रिय हवाई मार्ग पनि जोडिएको छ । यसले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई अझै बढावा दिएको छ । लुम्बिनी आउने पर्यटक भैरहवा हँुदै गन्तव्यमा जानुपर्ने हुन्छ । बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई स्वागत गर्न भैरहवा तम्तयार भएर बसेको छ ।

पर्यटनमा पूर्वाधार

भैरहवालाई आकर्षक बनाउनमा यहाका होटल व्यवसायको पनि उत्तिकै सहयोग छ । भैरहवा, लुम्बिनी तथा बेलहियामा गरी ८९ वटा स्तरीय होटल रहेको सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ ९सीपी० बताउनुहुन्छ । होटल कसाइ, होक्के, पवन प्यालेस, टाईगर रिसोर्ट, मौर्या होटल, होटल बोधी रेडसन्, बुद्धमाया गार्डेन लगायतकास्तरीय होटलको लामै सूची छ यहाँ । यस अतिरिक्त अहिले करिब आधादर्जन पाँच तारे होटल निर्माणाधीन अवस्थामा रहेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भित्र्याउने पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा अहिले अर्बौको लगानी भइरहेको छ । यस बाहेक पर्यटकलाई लक्षित गरी भैरहवा क्षेत्रमा ६ वटा मिनी क्यासिनोसमेत सञ्चालनमा रहेका छन् । विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरी खोलिएका यी क्यासिनो नै कोभिडपछिको वर्तमान अवस्थामा यस क्षेत्रको विदेशी मुद्राको साधन बनेका छन् ।

औद्योगिक क्षेत्र

भैरहवा–लुम्बिनी, भैरहवा–बुटवल तथा भैरहवा–परासी औद्योगिक कोरिडोर गरी यहाँ दर्जनाँै उद्योग रहेका छन् । मुलुुककै अर्थतन्त्रमा असर गरिरहेका पञ्चकन्या समूह, अर्घाखाँची सिमेन्ट, गोयन्का सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे स्टिल, श्री स्टिल, सिद्धार्थ सिमेन्ट, ब्रिज सिमेन्ट लगायतका उद्योग रहेका छन् । औद्योगिक विकासको सम्भावना देखेर नै उद्योगीमा अहिले यहाँ लगानी गर्न आकर्षण बढेको छ । अहिले भैरहवा–परासी करिडोरमा ठूलाठूला उद्योग खुलिरहेका छन् । स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, चाउचाउ, खाद्यान्न, दाल, साबुन, मैदा, बियर, छाला, बिस्कुट, कृषिजन्य उद्योग भैरहवामा सञ्चालन भइरहेका छन्  ।

यस बाहेक मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको विशेष आर्थिक क्षेत्र ९सेज० पनि भैरहवामा सञ्चालनमा आइसकेको छ । कूल ५२ बिघा क्षेत्रफलमा रहेको सेजमा एक हजार चार सय देखी तीन हजार सात सय वर्गमिटर सम्मका ६८ वटा प्लट रहे पनि हालसम्म सात वटा उद्योग सञ्चालनमा आइसकेका छन् ।

दोस्रो ठूलो भन्सार नाका

स्थलमार्गबाट सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामै दोस्रो ठूलो भन्सार रहेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार यस भन्सारले गत आर्थिक वर्षमा रु एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख पच्चीस राजश्व आर्जन गरेको थियो । दैनिक सरदर चार मालबाहक ट्रक भित्र्याइरहेको भैरहवा भन्सार नाकाबन्दीको समयमा पनि चलेको थियो । भैरहवा भन्सार वीरगञ्जपछि मुलुकको दोस्रो ठूलो नाकामा पर्छ । भारततर्फ चार लेन र नेपालतर्फ ६ लेनको सडक बनेको छ । आयातनिर्यातका लागि सहज पहुँच भएको भैरहवा नाका मुलुककै ‘लाइफलाइन’ बनेको छ ।

भन्सारमा मालबाहक सवारीको चाप बढ्दै जाँदा अहिले पार्किङको समस्या बढेको छ । नेपाल र भारत सरकारले भैरहवा र सुनौली नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्दै छन् । नेपालले ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । तर भारतले जग्गा अधिग्रहणको काम सकिसकेको छैन । अहिले ‘आइसिपी’ बनाउने भनिएको जग्गामा कन्टेनर पार्किङ गर्न थालिएको छ ।

व्यवस्थित सहरीकरण

भैरहवाले पछिल्लो समय व्यवस्थित सहरीकरणको परिचय बनाएको छ । विशेष गरी एसियाली विकास बैंकले भैरहवामा गरेको लगानीको कारण यसको मुहार फेरिएको छ । भैरहवाका भित्री बाटो फराकिलो बनेका छन् । बाटोको छेउमा रहेको ग्रिनरीले यसलाई थप सुन्दर बनाएको छ । भैरहवा–बुटवल ६ लेनको व्यापारिक मार्ग, यसमा रहेका अपाङ्गतामैत्री आकाशे पुल, भैरहवा–तौलिहवा चार लेनको बाटोले नगरलाई भव्य बनाउन सहयोग गरेका छन् । भैरहवामा प्रवेश गर्ने पर्यटकका लागि बेलहियाबाट एक किलोमिटर उत्तर सात करोड बढीको लागतमा आकर्षक प्रवेशद्वार बनेको छ ।

यस्तै भैरहवाबाट लुम्बनी जाने पर्यटकलाई पनि “लुम्बिनी गेट”ले स्वागत गरिरहेको छ । सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँनले भैरहवालाई थप सुन्दर र हरियो बनाउने लक्ष्य रहेको बताउनुभएको छ । उहाँले भैरहवालाई सुन्दर बनाउनुको साथै बेलहिया हुँदै आउने पर्यटकलाई फुलले स्वागत गर्ने नगरपालिकाको लक्ष्य रहेको जानकारी दिनुभयो ।

मेडिकल तथा बैंकिङ– हब

पर्यटकीय, औद्योगिक र व्यवस्थित सहरीकरण रहेको भैरहवा मेडिकल तथा बैंकिङ हब पनि हो । भैरहवामा रहेको रण अम्बिका शाह आँखा अस्पतालमा आउने आँखाका बिरामीमा ९० प्रतिशत भारतीय रहेका छन् । यसबाहेक यो अस्पतालले तेस्रो मुलुककासमेत बिरामीलाई सेवा प्रदान गरिरहेको छ ।

यस क्षेत्रकै उत्कृष्ट अस्पतालको रुपमा रहेको अस्पतालको कारण “हेल्थ टुरिज्म” समेत फस्टाएको छ । यस्तै भैरहवामै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि ख्याति कमाएको छ ।

अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार सात सय शय्याको अस्पतालले विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै यसै क्षेत्रमा सिद्धार्थनगर सिटी अस्पताल, क्रिमसन अस्पतालले पनि उत्कृष्ट सेवा दिने अस्पतालका रुपमा रहेका छन् । यस्तै भैरहवामा प्राय सबै वाणिज्य बैंकहरुले आफ्नो शाखा खोलेका छन् । रासस