२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको भुक्तानी युआन र रुबलमा गर्ने चीन र रसियाको घोषणा



अ+ अ-

चीन र रसियाबीच चिनिया युआन र रसियाली मुद्रा रुबलमा कारोबार गर्ने सहमति भएको छ । खासगरी रसियाबाट खरिद गरिने पेट्रोलियम पदार्थको भुक्तानी रुबल र युआनमा गर्ने सहमति भएको हो ।

यसअघि दुई मुलुकबीचको समग्र व्यापार कारोबार अमेरिकी डलरमा हुने गरेको थियो । रसियाली तेल बिक्रेता ग्याजप्रोमले दुई देशबीच रुबल, युआनमा कारोबार गर्न सहमति भएको जनाएको छ । तर कतिपय जानकारले दुई मुलुकबीच रुबल र युआनको संचिती पर्याप्त नरहेको अवस्थामा यो व्यवस्था त्यति फलदायी नहुने आशंका जनाएका छन् ।

रुबल र युआनमा कारोबार गर्ने गरी भएको सहमतिलाई दुई देशबीच बढ्दो समझदारी र मित्रताका रुपमा हेरिएको छ ।

रसियाले युक्रेनमा आक्रमण गरेयता पश्चिमा देशबाट रसिया विरुद्ध अनेक प्रतिबन्धहरु घोषणा गरिएका छन् जसबाट रसियाको अर्थतन्त्रमै संकट आउन लागेको अनुमान गरिएको छ । यस्तो अवस्थामा रसिया र चीनबीच भएको समझदारीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

पश्चिमा मुलुकले रसियाको इन्धन खरिदमा प्रतिबन्धहरु घोषणा गरे पनि भारत, चीन, टर्की समेतका कतिपय मुलुकले रसियाको इन्धन खरिदलाई निरन्तरता दिएका छन् । एएफपी




भर्खरै