७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ फुटबलमा नेपाली टोलीले भुटानलाइ ४-० ले हरायो



भारी वर्षाबीच दशरथ रंगशालामा साफ महिला फुटबल खेलको दृश्य । (तस्वीरः रासस)
अ+ अ-

काठमाडौंः साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले विजयी सुरूवात गरेको छ ।

पहिलो हाफको १२ मिनेटमै नेपालले १-० को अग्रता बनाएको थियाे तर अरू तीन गोल दोस्रो हाफमा भएका थिए । नेपाली फर्वार्डहरू सावित्रा भण्डारी र अनिता बस्नेतले २, २ गोल गरेका थिए ।

वर्षाले प्रभावित खेलमा यो जितसँगै नेपालले ३ अंक जोडेको छ ।

भुटानले पनि गोल गर्ने केही अवसर गुमाएको थियो ।