३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कानेगुजी सफा गर्ने सबै भन्दा सजिलो तरिका यस्तो छ, अप्नाउँनुहोस्

कानेगुजी सफा गर्ने सबै भन्दा सजिलो तरिका यस्तो छ, अप्नाउँनुहोस्
अ+ अ-

काठमाडौं । कानेगुजी नाम सुन्ने  बित्तिकै पनि धेरैलाई घिन लाग्न सक्छ । तर  वास्तवमा भन्ने हो भने कानेगुजी हाम्रो शरी बाट निस्कने एउटा यस्तो प्राकृतिक तत्व हो जसको एउटा महत्वपूर्ण काम  हुन्छ । त्यसैले  यसलाई सफा राख्ने कुरालाई तपाईंलाई हल्का रुपमा लिनु हुँदैन । बेलायतकी नाक कान घाँटीका सर्जन गेब्रियल वेस्टनले कान सफा राख्ने सबैभन्दा राम्रो र सबैभन्दा खराब तरिकाबारे अनुसन्धान गरेकी छिन् ।

कुनै  नतिजामा  पुग्नु अघि डाक्टर गेब्रियल वेस्टनले काने गुजीबारे जानकारी दिएकी छिन् । उनी भन्छिन्, ‘कानेगुजी एउटा यस्तो पदार्थ हो जुन कानभित्र रहेको ग्रन्थीमा पैदा हुन्छ र यसका थुप्रैका म हुन्छन् ।’कानेगुजीको कामः यो हाम्रो कानलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ । यसले  कानको नलीको माथिल्लो भागमा जमेको पत्रलाई सुक्न  र त्यसमा  चिरा पर्नबाट रोक्छ । यसले कानलाई धुलोको कण र पानीबाट जोगाउँछ जसले संक्रमणलाई रोक्नमा मद्दत गर्छ। धेरैजसो  हाम्रो  कानको  नली आफैं सफा भइरहन्छ ।

जब हामी बोल्छौं, केही चपाउँछौं, आफ्नो बंगारा घुमाउनु हुन्छ भने यी कानेगुजी  र छालाका कोसिका बिस्तारै कानको जालीबाट कानको  प्वालतर्फ  बढ्छ ।  जहाँ यो सामान्य रुपमा सुकेर बाहिर निस्कने गर्छ ।कानेगुजी सामान्य रुपमा कुनै समस्या होइन । तर यो धेरै मात्रामा बन्न थाल्यो भने यो एउटा यस्तो अवरोधक बन्न सक्छ  जसले कान दुख्न सक्छ वा कतिपय अवस्थामा त श्रवण शक्ति नै कमजोर हुनसक्छ । बजारमा यस्ता थुप्रै  चिज  बिक्छन्  जसले  कानको  सबै फोहोर  बाहिर  निकाल्ने  दाबी गर्छन् तर प्रश्न यो उठ्छ कि यी  उत्पादनबाट के साँच्चै  नै मद्दत मिल्छ ?

कटन बड्सः जब  हामी  आफ्नो कानलाई  औंलाले सफा गर्ने कोसिस गर्नुहुन्छ भने समस्या  पैदा भइरहेको हुन्छ । कटन बड्सले सफा गर्नु त झन् जोखिमपूर्ण छ । यद्यपि , धेरैजसो  मानिसहरु कटन  बड्सलाई कानेगुजी निकाल्नका  लागि  नै प्रयोग गर्ने  गर्छन् । तर कटन बड्स बनाउने कम्पनीले  यसलाई  कानको  नली सफा  गर्नका लागि प्रयोग नगर्न सुझाउने गर्छन् । हामीले कटन बडको सहायताले कानेगुजी निकाल्न  खोजिरहेका हुन्छौं तर भइदिन्छ के भने यसले कानेगुजीलाई थप भित्र धकेलिदिने गर्छ ।

यो कानको त्यो हिस्सासँग टाँस्सिन  सक्छन्न जुन आफैं सफा  गर्न  सक्षम  हुँदैन । कानेगुजीमा यस्ता ब्याक्टेरिया हुनसक्छन् जुन  संक्रमणको  कारण  बन्न  सक्छन् । कटन बड्सबाट  कानको फोहोर सफा गर्दा कानको आन्तरिक छालामा  एक  प्रकारको जलन पैदा हुनसक्छ जसका कारण बारम्बार  त्यो  हिस्सा छुन मन लाग्छ । यो एउटा दुष्चक्रमा परिवर्तन हुनसक्छ । यदि  कटन बड्स  धेरै तल पुग्यो भने यसले कानको जाली फुट्न  सक्छ, अचानक  पीडा  बढ्न सक्छ, रगत निस्कन सक्छ  र अस्थायी रुपमा सुन्ने  क्षमता ह्रास हुनसक्छ ।

इयर क्यान्डल्सः कानेगुजीबाट छुटकारा पाउन चाहनेहरुका लागि इयर क्यान्डलजस्ता  उत्पादन पनि बजारमा उपलब्ध छ । यसमा  एउटा  लामो , पातलो   र बलिरहेको  मैन बत्तीलाई एउटा सोलीको आकार  भएको चिजमा राखिन्छ ।सोलीमा एकातिर प्वाल हुन्छ र यसको दिशा कानको भित्रि भागतिर हुन्छ ।यसको प्रयोगले कानको फोहोर र अन्य फोहोर सफा हुने  दाबी   गरिन्छ  ।तर  अनुसन्धानले  बताउँ छ कि  इयर क्यान्डल्सले   कानको  फोहोर  सफा  गर्न  असरदार छैन र यसले खतरा हुनसक्छ । यसले  कान  र अनुहार जल्न सक्छ । यसमा मैनबत्तीको मैन कान नलीसम्म पुग्न सक्छ र कानको जालस्लाई हानी पुर्याउन सक्छ ।

इयर ड्रप्सः   धेरैजसो   मानिसहरु   इयर ड्रप्सको प्रयोग  कान सफा गर्नका लागि पहिलो विकल्पको रुपमा  गर्ने  गर्छन् । यी  इयर  ड्रप्सले  कानको फोहोरलाई यति नरम बनाइदिन्छन् कि यो आफैं बारिह निस्कन थाल्छ । बजार मा विभिन्न  प्रकारका  इय र ड्रप्स भेटिन्छन् । यसमा हाइड्रोजन पेरोक्साइड, सोडियम बाइकार्बोनेट वा सोडियम क्लोराइडजस्ता तत्व राखेर इयर ड्रप्स बनाइन्छ ।यद्यपि, यी इयर ड्रप्स  प्रभावशाली  हुनसक्छन्  तर केही मामिलामा संवेदनशील  छाला भएका  मानिसहरुमा यसको प्रयोगले जलनको समस्या देखिएको छ ।

यसको  साटो  जैतुन  र  बदामको तेलका केही थोपा अन्य महँगा उत्पादनजस्तै  असरदार  मानिन्छ ।यदि तपाईं जैतुन वा  बदामको  तेललाई  कानेगुजी  नरम  बनाउनका  लागि प्रयोग  गर्न चाहनुहुन्छ भने आफूलाई  मनपर्ने   तेललाई हल्का तातो पार्नुहोस् र आफू कोल्टो परेर सुत्नुहोस् । तेलको तापक्रम  तपार्यंको  शरीरको तापक्रमभन्दा धेरै हुनु हुँदैन । त्यसपछि   ड्रपरको  मद्दतले  तेलका   केही थोपा कानमा  हाल्नुहोस्  र कोल्टे परेर नै ५–१० मिनेट सुतिरहनु पर्छ । जैतुनको तेलले  तपाईंको  कानमा जलन पैदा गर्दैन तर यसले  असर  गर्न  लामो समय लिन्छ । यदि तपाईंलाई कान  जाम  भएको  जस्तो  लाग्छ  भने   तेलको  थोपाको प्रयोगको   प्रक्रिया   तीनदेखि  पाँच दिन हरेक दिन दुई वा तीन पटक हाल्नुपर्छ ।

पानीले सफाः यदि तपाईंलाई कानेगुजीको समस्या लगाता र भइरहन्छ  भने तपाईंको  डाक्टरले  तपाईंलाई  आफ्नो कान पानीले  सफा  गर्न सुझाव  दिन  सक्लान् ।मेडिकल साइन्समा यो तरिकालाई  सिरिन्जिङ भनिन्छ । यो तरिका  मार्फत् कानको  फोहोर  सफा  गर्नका लागि एउटा सिरिन्ज मार्फत् कानको   नलीमा  पानीको फोहोर हाल्ने गरिन्छ ।यद्यपि, यो तरिकाले  कानेगुजी सफा त हुनसक्ला तर केही मामिलामा यसले  समस्या  थप्न सक्छ, यहाँसम्म कि कान को जालीसमेत क्षतीग्रस्त हुनसक्छ ।

माइक्रोसक्सनः   कानेगुजीले  समस्या दिएका  बिरामीका लागि केही  मेडिकलले क्लिनिक्स माइक्रोेसक्सनको बाटो पनि  छान्ने  गर्छन् ।यो  प्रक्रियामा  विशेषज्ञ  डाक्टरले कान भित्रको स्थिति हेर्नका लागि  माइक्रोस्कोपको प्रयोग गर्छन् र एउटा  सानो  औजारमार्फत्  त्यसलाई  तान्ने गर्छन् ।यो तरिका  निकै  सुरक्षित मानिन्छ र कानबाट नियमित रुपमा हुने श्रावको मामिलामा पनि यो असरदार मानिन्छ ।

(एजेन्सीको सहयोगमा)