२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनले उच्च नैतिकता देखाए, देउवाले सम्बोधन गरुन : चन्द्र भण्डारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको सम्बोधन र नैतिकताको प्रश्नलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा नेता भण्डारीले प्रधानमन्त्री देउवाले प्रजातान्त्रिक प्रणालीको सम्मान गर्नु राम्रो पक्ष हुने बताउनुभएको छ । प्रजातन्त्रको सुन्दर पक्ष नै नैतिक मूल्यल्यमान्यतालाई बलियो बनाउने हो भन्दै उहाँले प्रजातन्त्रको पराजय नै व्यवस्थामाथिको प्रश्न भएको बताउनुभयो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभालाई आगामी मंसिर ४ गतेसम्म लम्ब्याउने कुरा आएपछि आफूलाई लज्जाबोध भएकाले सांसद पदबाट राजीनामा घोषणा गर्नुभएको थियो ।

“यस्तो अनैतिक काममा सहभागी हुन मेरो अन्तरआत्माले मानेन”, उहाँले भन्नुभएको थियो, “संसदबाट प्राप्त हुने तलब भत्ता र सुविधा सबै त्याग गर्न म आज सदनमा उपस्थित भएको छु, यहीँबाट म आजदेखि सांसदका रुपमा यहाँ उपस्थित हुने छैन ।”