नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ ।
राष्ट्रपति भवन शीतल निवासमा गरिने विशेष समारोहमा जनरल पाँडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
पाँच दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष पाँडे आइतबार नेपाल आउनु भएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।
साथै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग द्वीपक्षीय विषयमा छलफल हुनुका साथै नेपाली सेनाका लागि केही बन्दोबस्तीका सामान हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ ।