७ पुष २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा एमालेद्वारा उम्मेदवार सिफारिस, माओवादी छलफलमा



file photo
अ+ अ-

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ ।

नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।

एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा क्षेत्र नं १ का लागि दुई महिलासहित छ उम्मेदवार सिफारिस निर्णय गरेको छ । सिफारिस गरिएकामा नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामा रहनुभएको छ । यस निर्वाचन क्षेत्रअन्तर्गत दुई प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकको एमालेले जनाएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ का लागि गोकुलप्रसाद बाँस्कोटालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिसको निर्णय गरेको छ । यस निर्वाचन क्षेत्रअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रमा पनि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकेको पार्टी जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सामनुपातिकतर्फका उम्मेदवार सिफारिसका लागि छलफल गरिनेछ ।

यसैगरी, जिल्लास्थित माओवादी केन्द्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न आइतबारदेखि छलफलमा जुटेको छ । उम्मेदवार सिफारिसका लागि पार्टीको क्षेत्रीय तथा जिल्ला कमिटी छलफलमै जुटिरहेकाले भोलि मङ्गलबारसम्ममा दुवै प्रकृतिका सदस्यको उम्मेदवार सिफारिस कार्यसक्ने केन्द्रका जिल्ला समन्वय समिति संयोजक भोला अर्यालले बताउनुभयो ।

पार्टीका क्षेत्रीय कमिटीले छलफलमा माध्यमबाट जिल्ला कमिटीलाई प्रत्यक्ष र समानुपातिकतर्फ जति सङ्ख्यामा उम्मेदवारका नाम सिफारिस गरे पनि जिल्ला कमिटीले प्रदेश कमिटीमा प्रत्येक क्षेत्रमा प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि तीन तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।