२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका महासचिव लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस



अ+ अ-

लमजुङ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ पुनः प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस हुनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको आईतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो ।

उक्त बैठकले महासचिव गुरुङसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस गरेको छ । माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार गुरुङले ३९ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको थियो । मनाङको नासों गाउँपालिका–४, ओडारगाउँ घरभई पछिल्लो समय लमजुङ केन्द्रित राजनीति गर्दै आउनुभएका गुरुङको दोस्रो पटक प्रतिनिधिसभाका उम्मेदावर बन्न लाग्नुभएको हो ।

समानुपातिकमा पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ । प्रदेशसभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य एवं मन्त्री अधिकारी गुरुङ प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतपर्फ दुवैबाट सिपफारिस हुनुभएको छ । प्रदेश ९ख० मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।

बैठकले प्रदेशसभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसङ्ख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस गरेको छ ।