२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावअघि वाममोर्चा नबन्नु दुर्भाग्य, तीन चार वर्षभित्रै ठूलो उथलपुथल हुन्छ: घनश्याम भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता घनश्याम भुसालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि नै बाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दूर्भाग्य भएको टिप्पणी गर्नु भएको छ ।

कम्युनिष्टहरुबीच मोर्चाबन्दी गरेर अघि नबढने हो भने आगामी ३/४ वर्ष भित्रै मुलुकमा ठूलो राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिष्टहरुले ठूलो मूल्य चुकाउनुपर्ने उहाँको चेतावनी समेत थियो । आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले अहिले देखा परेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरुभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराउनु भयो ।

मुलुकलाई राजनीतिक संकटबाट रोक्ने हो भने बामपन्थीहरुबीच एकता गरेर अघि बढनुपर्ने उहाँको दोहोर्याउनु भयो । नेता भुसालले तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायतका नेताहरुले दुुनियाँसामू नेपालको बेइज्जत गरेको जिकीर समेत गर्नु भयो । उहाँले मञ्चमा रहनु भएका प्रचण्डलाई क्रमभंग गरेर भएपनि कम्युनिष्टहरुबीच एकता गर्न ढिलाई नगर्न आग्रह गर्नु भयो ।

नेता भसालले भन्नु भयो, ‘अस्ती संसद विघटन भएपनि नेपालको राजनीतिमा कमरेड प्रचण्डलाई मैले यो सम्झिनुसहै भन्न खोजेको हो । यो सुरु भएको छ है, राजनीतिप्रति वितृष्णा, सत्ताका प्रति वितृष्णा । राज्यको प्रतिको घृणा । यो चानेचुने कुरा छैन । यो २/४ वटा स्वतन्त्र आएमात्रै नभन्नुस । स्वयम् राजनीतिक पार्टीहरु भित्र आज यो उकुसमुकुस जुन छ, यो कुरालाई कसैले नजर अन्दाज नगरौं । म आगामी ३/४ वर्ष भित्रमा एउटा ठूलो उथलपुथल देख्छु यो क्षितिजमा । त्यसले कम्तिमा आजको राजनीतिको नीतिहिनता, विचारहिनता, मनपरीतन्त्र कम्तिमा यति चाँही लैजान्छ । त्यो चाँही राम्रै हुनेछ । तर, राजनीतिले त्यो भन्दा धेरै कुरा हामीबाट लिन्छ । आज बाँचेका, हामी राजनीति गरेका, सत्तामा रहेकाहरुले यसको जवाफ दिनुपर्ने हुनेछ । हामीसँग राजनीतिले ठूलो मूल्य लिँदैछ । कमरेड प्रचण्ड र अरु नेताहरु, हामी सबै यसलाई कसरी रोक्ने हो । यदि हामीले त्यो एकता नभत्काएको भए संसद विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जति नगरेको भए यस्ता संकट थाम्ने नेपाली राजनीति बनेको थियो । अर्थनीति बन्दै थियो । यो चुनाव भन्दा अगाडि नै हामीले बाममोर्चा बनाउन सक्नुपथ्र्यो । दूर्भाग्य हो । ठूलो दूर्भाग्य हो । मैले पटक पटक भनेको छु–पहिलो ठूलो दूर्भाग्य, पहिलो ठूलो पार्टी कम्युनिष्ट, तेस्रो ठूलो पार्टी केम्युनिष्ट, चौंथो ठूलो पार्टी, पाँचौं कम्युनिष्ट, सातौं कम्युनिष्ट, आठौं कम्युनिष्ट, सबै कम्युनिष्ट । आज हालत के भईराखेको छ रु कारण धेरै छन । बाहिरबाट हेर्दा त मान्छेहरुले के देख्ने भो भने समाजवाद ल्याउन के गर्नु पर्दो रहेछ भने भएकै संसद विघटन गर्नु पर्दोरहेछ । पार्टी फुटाउन पर्दोरहेछ । बाहिर बसेकोहरुले के । यो सारा बेईज्जति काम गर्नु पर्दोरहेछ । कमरेड प्रचण्ड, पटक पटक तपाईले भन्नु भएको छ क्रमभंगता, अव यो क्रमभंगता फेरी जरुरी भयो मुलुकमा चाँही । मुलुकमा ठूलो राजनीतिक उथलपुथल देख्छु मुलुकमा । त्यसलाई कमजोर नआँक्न आग्रह गर्दछ । यो नीतिहीनता, विचार हिनता, मनपरी तन्त्र कम्तिमा यो चाँही लैजान्छ र त्यो राम्रै हुन्छ । ’

नेता भुसालले संसद विघटन गरेर सुरु भएको नेपालको राजनीतिक संकट नेताहरु नमिल्ने हो भने झन गहिरिएर जाने समेत बताउनु भयो ।