२७ मंसिर २०८२, शनिबार
,
Latest
आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ दिनभित्र कर बुझाउन क्यासिनोलाई महानगरको अल्टिमेटम



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ७ दिन भित्र कर तिर्न काठमाडौं महानगरपालिकाले म्याद दिएको छ ।

महानगर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले एक साताको अल्टिमेटम दिएर कर बुझाउन ७ वटा क्यासिनोलाई पत्र काटेका हुन् ।

महानगरले पटक पटक ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत ७ दिनभित्र कर तिर्न अनुरोध गरेको छ । ७ दिनभित्र कर नतिरे महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असुलउपर गरिने पत्रमा उल्लेख छ ।

महानगरको ताकेताको बेवास्ता गरेपछि र्‍याडिसन, अन्नपूर्ण, म्यारियट, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई म्यादसहितको पत्र पठाइएको हो ।