५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

नेपाललाई अर्को ऐतिहासिक पदक

नेपाललाई अर्को ऐतिहासिक पदक
अ+ अ-

काठमाडौं । दक्षिण एशियाली खेलकुदको तेहौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो ईतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्ग तर्फ पनि एशियनस्तरमा आर्को ऐतिहासिक सफलता प्राप्त भएको छ ।

यहि अगस्त २० देखि ३१ सम्म दुबईमा सञ्चालन भई रहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगितामा जुनियर ५४ किलो तौल समुह अन्तर्गत सम्पन्न क्वार्टरफाईनल खेलमा आफ्ना कुवेतका प्रतिद्वन्दि मोहमद् लाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङ्ग वाङदी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५–० को आधारमा जीत हासिल गरेका छन् ।

अब छिरिङ्गले अर्को भिडन्त कजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बा संग सेमिफाईनलमा प्रतिष्पर्धा गर्दै छन् । यसै गरी नेपालका दुई जना महिला मुक्केबाजहरु स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् । यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का गरी सकेको छ ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनारले पनि निकै बहादुरीका साथ आफ्ना ईरानी प्रतिद्वन्दिलाई पहिलो राउण्डमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी शुरुवात गरेका पनि दोस्रो र तेस्रो राउण्डमा ईरानी मुक्केबाजले खेल आफ्नो पोल्टामा गर्दै ईन्द्रलाई रोकेका थिए । ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडी रहेका मुक्केबाजसंग आर एस सी को आधारमा पराजित भएका थिए । अर्का युवा मुक्केबाज सुलभ माली ले ५४ किलो तौल समुहमा आज ईरानी प्रतिद्वन्द्वी अलियस्घ संग प्रतिष्पर्धा गर्दै छन् ।