२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई अर्को ऐतिहासिक पदक



अ+ अ-

काठमाडौं । दक्षिण एशियाली खेलकुदको तेहौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो ईतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्ग तर्फ पनि एशियनस्तरमा आर्को ऐतिहासिक सफलता प्राप्त भएको छ ।

यहि अगस्त २० देखि ३१ सम्म दुबईमा सञ्चालन भई रहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगितामा जुनियर ५४ किलो तौल समुह अन्तर्गत सम्पन्न क्वार्टरफाईनल खेलमा आफ्ना कुवेतका प्रतिद्वन्दि मोहमद् लाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङ्ग वाङदी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५–० को आधारमा जीत हासिल गरेका छन् ।

अब छिरिङ्गले अर्को भिडन्त कजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बा संग सेमिफाईनलमा प्रतिष्पर्धा गर्दै छन् । यसै गरी नेपालका दुई जना महिला मुक्केबाजहरु स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् । यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का गरी सकेको छ ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनारले पनि निकै बहादुरीका साथ आफ्ना ईरानी प्रतिद्वन्दिलाई पहिलो राउण्डमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी शुरुवात गरेका पनि दोस्रो र तेस्रो राउण्डमा ईरानी मुक्केबाजले खेल आफ्नो पोल्टामा गर्दै ईन्द्रलाई रोकेका थिए । ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडी रहेका मुक्केबाजसंग आर एस सी को आधारमा पराजित भएका थिए । अर्का युवा मुक्केबाज सुलभ माली ले ५४ किलो तौल समुहमा आज ईरानी प्रतिद्वन्द्वी अलियस्घ संग प्रतिष्पर्धा गर्दै छन् ।