काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको लागि डा. भीम रावलको अछाम क्षेत्र नम्बर १ बाट एकल नाम सिफारिस भएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा (एमाले)ले प्रतिनिधिसभा तर्फ रावलको एकल सिफारिस गरेको हो ।
रावलले २०७४मा नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै निर्वाचित भएका थिए ।