• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

दल रावल एमालेबाट हुम्लामा प्रतिनिधिसभा सदस्यमा एकल सिफारिस



काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारीका लागि कर्णाली प्रदेशका पूर्वमन्त्री एवं सांसद दल रावललाई नेकपा ९एमाले० ले एकल सिफारिस गरेको छ ।

रावल २०७४ को कर्णाली प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । उहाँ करिब सवा तीन वर्ष प्रदेशमन्त्री समेत बन्नुभएको थियो ।

एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ गोरखबहादुर बोगटी, विमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर सानो, अजवीर बुढालाई सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश क मा प्रत्यक्षतर्फ दल फडेरा र पूर्णप्रसाद ढकाल सिफारिस भएका छन् भने प्रदेश ख बाट छिमीदोर्जे लामा, कमल बोहोरा, डबल रावत र उत्तम लामालाई सिफारिस गरिएको छ ।