१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त

‘चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बन्नेमा एमाले विश्वस्त छ’

‘चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बन्नेमा एमाले विश्वस्त छ’
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न आफूहरु तयार रहेको बताएका छन् । उनले भने,‘एमाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणमा स्वागत गर्न तयार छ । नेपालले सबै देशसँग आफ्नो मूल्यअनुसार सम्बन्ध राख्नुपर्छ, हामी सबैसँग सम्बन्ध राख्न स्वतन्त्र छौं । अब सम्झौता कार्यान्वयनको बारेमा हामीले बढि ध्यान दिनुपर्छ ।’ 

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल र चीनबीच उच्चस्तरको भ्रमण हुनु सकारात्मक भएको उल्लेख गरे । उनले भने,‘चिनियाँ विदेशमन्त्रीको औपचारिक भ्रमणको घोषणा भएको छैन् । नेपाल र चीनबीचको सम्बन्ध पूरानो छ । हामी सहकार्यको युगमा छौं । चीनसँग १९६२ मा सिमा सम्झौतामा हस्ताक्षर भएता कुनैपनि समस्या छैन् । 

समस्यारहित सम्बन्धको रुपमा हेर्न चाहन्छौं । चीनको विकासबाट नेपालले पनि लाभ पाउनुपर्छ । नेपाल र चीनबीच यो बीचमा उच्चस्तरको भ्रमण भएका छन् । राष्टपति, प्रधानमन्त्री र मन्त्रीस्तरमा भ्रमण आदानप्रदान भएका छन् । पछिल्लो समय कोभिडको कारण उच्चस्तरको भ्रमण भएको थिएन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रिजालले अहिले हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुमधुर र हार्दिक बनाउँछ भन्ने कुरामा एमाले विश्वस्त रहेको सुनाए । यद्धपी उनले वर्तमान सरकारले विदेश सम्बन्ध सञ्चालनमा असफलता प्रकट गरिरहेको आरोप लगाए । उनले भने,‘यो सरकारले विदेश सम्बन्धलाई खेलाँचीको रुपमा लिएको छ । चीन अहिले राजदूतविहीन छ । वर्तमान सरकारले चीनसँगको सम्बन्धलाई कति महत्व दिएको छ ? भन्ने कुरा यहीँबाट थाहा हुन्छ । हामी त भारत र चीनबाट लाभ लिने कुरा गरिरहेका छौं । भारतमा हामीले राजदूत नियुक्त गर्यौं । तर चीनमा राजदूत अहिलेसम्म नियुक्त भएका छैनन् । के यही हो त समान व्यवहार ?’

उनले वर्तमान सरकारले भारतसँगको सिमा विवाद समाधानको लागि पहल नै नगरेको पनि आरोप लगाए । उनले भने,‘बरु यो सरकारले चीनसँगको हुँदै नभएको सिमा समस्या समाधानको लागि भन्दै अध्ययन कार्यदल बनायो । त्यसको प्रतिवेदन पनि सार्वजनिक भएको छैन् । दुई देशका बीचमा कुराकानी भएको पनि देखिँदैन् । समस्या भारतसँग छ, अनि अध्ययन कार्यदल चीनसँग बनाउँछ । सरकारले अब गल्ती सच्याउँदै, चीनसँगको सम्बन्धलाई हार्दिकताको रुपमा विकास गर्नेछ भन्ने विश्वास लिएका छौं। र, जतिपनि समस्याहरु छन्, त्यसलाई कुटनीतिक रुपमा समाधान गर्नेछ भन्ने विश्वास छ ।’

नेपाल र चीनबीच बीआरआईमा सन् २०१७ मा हस्ताक्षर भएपनि अहिलेसम्म यो सम्झौता कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । उनले भने,‘अब सरकारले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर आफ्नो भूमिका खेल्नेछ । नेपाल र चीनबीच इतिहासदेखि रहँदै आएको ऐतिहासिक सम्बन्धले उचाई लिन्छ। उत्तरसँग कुरा गर्दा दक्षिणसँग डराउने र दक्षिणसँग कुरा गर्दा उत्तरसँग डराउने मानसिकताबाट माथि उठ्नुपर्छ । नेपाल स्वतन्त्र मुलुक हो । हामीले आफ्नो हितअनुकुल सम्बन्ध राख्नुपर्छ । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारको पालामा सबैसँग राम्रो सम्बन्ध थियो, र सरकारले समान व्यवहार गरेका थियो । हामी आफ्नो खुट्टामा उभिँदा सबैसँग राम्रो सम्बन्ध भयो । आफ्नो राष्ट्रिय हितलाएई केन्द्रमा राखेर सम्बन्ध राख्दा नेपालको ईज्जत, मान र प्रतिष्ठा बढ्छ ।’