• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने

स्पेनी लिगः रियल शीर्ष स्थानमै कायम, बार्सिलोनाको अपराजित यात्रा



रियल म्याड्रिडका भिल्नियस गोल गरेपछि खुशी साट्दै ।

म्याड्रिडः बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार सेभियालाई ३-० को गोल अन्तरले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यो जितसँगै बार्सिलोना चार खेलबाट १० अंक सहित लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

बार्सिलोनालाई सेभियाको मैदानमा जित दिलाउन राफिन्हाले २१औं, रोवर्ट लेवान्डोस्कीले ३६औं र एरिक गार्सियाले ५०औं मिनेटमा गोल गरे ।

गत वर्षको लिग बिजेता रियल म्याड्रिड भने चार खेलबाट १२ अंकसहित पहिलो स्थानमा छ ।

रियलले रियल बेटिसलाई २-१ को गोला अन्तरले हराएको थियो । घरेलु मैदानमा रियलका लागि भिनिसियस जुनियरले नवौँ र रोड्रीगोले ६५औं मिनेटमा गोल गरे । बेटिसका लागि सर्जी कानालेसले एक गोल फर्काए ।

रियल सोसिडाड र एटलेटिको म्याड्रिड तथा मार्लोका तथा जिरोनाले समान १–१ को बराबरी खेले । एजेन्सी