५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको कप्तानीमा नेपालले केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै



file photo
अ+ अ-

काठमाडौं । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा उक्त खेल अहिले पौने एक बजे सुरु हुँदैछ ।

यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भयोे । केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । सो खेलमा नेपालका लागि आसिफ शेखले शतकीय पारी खेलेका थिए । उनले ११० रनको योगदान दिए । यस्तै अर्जुन साउदले ६१ रनको अद्र्धशतकीय पारी खेले ।

जितसँगै नेपालले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० क्रिकेट सिरिज खेलेको थियो । नेपालले उक्त सिरिज ३–२ ले जित्यो ।

टी–२० सिरिजको कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए । उक्त सिरिज सम्पन्न भएपछि लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएका छन् । लामिछाने सीपीएलमा जमैका तालावाजमा आवद्ध छन् । नेपालले केन्यासितको अन्तिम एकदिवसीय खेल सोमबार खेल्ने तय भएको छ । रासस