२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१७ फुटबल टोलीको बिदाई



अ+ अ-

काठमाडौं । श्रीलंकामा हुने यु–१७ साफ च्याम्पियनसिप खेल्ने नेपाली यु–१७ फुटबल टोलीलाई बिहीवार बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार एक कार्यक्रमको आयोजना गरेर श्रीलंका भ्रमण गर्न लागेको टोलीलाई बिदाई गरेको हो । उमेर समूहको साफ प्रतियोगिता खेल्न लागि नेपाल शुक्रवार त्यसतर्फ प्रस्थान गर्ने तालिका छ । टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राखेपका उपाध्यक्ष शिव कोईराला लगायत एन्फाका पदाधिकारीले बिदाई गरेका हुन् ।

प्रतियोगिताका लागि यु– १७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधवार २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको थियो । प्रशिक्षक उर्जनले १५ सय खेलाडीबाट खुला प्रतिष्पर्धाको माध्ययमबाट २३ सदस्यीय टोली बनाउनुभएको हो । कोरोना महामारीका कारण उमेर समूहका प्रतियोगिता हुन नसक्दा उमेर समूहका खेलाडी पनि एन्फामा नभएको अवस्थामा खुला प्रतिष्पर्धा गरिएको थियो ।

सेप्टेम्बर ५ देखि १४ सम्म आयोजना हुने साफ यु–१७ को प्रतियोगितामा ६ देशले सहभागिता जनाउँदै छन् । पाकिस्तानले सहभागिता जनाएको छैन । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ भने नेपालले पहिलो खेलमा भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिष्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।

यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने खेलबाट समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ । नेपालले यु १७ साफपछि एएफसी एशिया कप छनोट खेल्नेछ । रासस