२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१७ फुटबल टोलीको बिदाई



अ+ अ-

काठमाडौं । श्रीलंकामा हुने यु–१७ साफ च्याम्पियनसिप खेल्ने नेपाली यु–१७ फुटबल टोलीलाई बिहीवार बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार एक कार्यक्रमको आयोजना गरेर श्रीलंका भ्रमण गर्न लागेको टोलीलाई बिदाई गरेको हो । उमेर समूहको साफ प्रतियोगिता खेल्न लागि नेपाल शुक्रवार त्यसतर्फ प्रस्थान गर्ने तालिका छ । टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राखेपका उपाध्यक्ष शिव कोईराला लगायत एन्फाका पदाधिकारीले बिदाई गरेका हुन् ।

प्रतियोगिताका लागि यु– १७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधवार २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको थियो । प्रशिक्षक उर्जनले १५ सय खेलाडीबाट खुला प्रतिष्पर्धाको माध्ययमबाट २३ सदस्यीय टोली बनाउनुभएको हो । कोरोना महामारीका कारण उमेर समूहका प्रतियोगिता हुन नसक्दा उमेर समूहका खेलाडी पनि एन्फामा नभएको अवस्थामा खुला प्रतिष्पर्धा गरिएको थियो ।

सेप्टेम्बर ५ देखि १४ सम्म आयोजना हुने साफ यु–१७ को प्रतियोगितामा ६ देशले सहभागिता जनाउँदै छन् । पाकिस्तानले सहभागिता जनाएको छैन । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ भने नेपालले पहिलो खेलमा भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिष्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।

यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने खेलबाट समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ । नेपालले यु १७ साफपछि एएफसी एशिया कप छनोट खेल्नेछ । रासस

 




भर्खरै