३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमले डिजेलको मूल्य बढायो, अब प्रति लिटर १७८ रुपैयाँ



अ+ अ-

काठमाडौंः नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्यवृद्धि भएको जनाउँदै डिजेलमा प्रति लिटर ६ रुपैयाँ वृद्धि गरेको छ ।

आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको मूल्यवृद्धि गरेको हो । यो वृद्धिसँगै डिजेलको मूल्य प्रति लिटर रु. १७८ कायम भएको छ । यसअघि डिजेलको मूल्य प्रति लिटर रु. १७२ थियो ।

निगमले मट्टितेलको मूल्यमा पनि डिजेल सरह रु. ६ ले वृद्धि गरेको छ । अब मट्टितेलको मूल्य प्रति लिटर रु. १७२ नै पुगेको छ ।

निगमले पेट्रोल र हवाई इन्धन तथा ग्यास (प्रति सिलिन्डर) को मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजन गरिए पनि निगमलाई १५ दिनमा करिब रु. ३० करोड ५२ लाख घाटा हुने निगमको भनाई छ ।

पेट्रोलियम खरिदको भुक्तानी गर्न निगमलाई नेपाल सरकारले हालै १० अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो । अझै पनि इन्डियन आयल कर्पोरेसनलाई अगस्ट २०२२ सम्ममा करिब रु. २१ अर्ब बाँकी बक्यौता रहेको छ ।

इन्डियन आयलले १ सेप्टेम्बरमा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ एक पैसा बढेर आएको छ ।