३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दुधमा तुलसीको पात उमालेर पिउँदाको यस्ता छन् फाइदै फाइदा, जान्नुहोस्

दुधमा तुलसीको पात उमालेर पिउँदाको यस्ता छन् फाइदै फाइदा, जान्नुहोस्
अ+ अ-

काठमाडौं । अहिले मौसम परिवर्तनको समय छ । प्राय धेरै मानिसलाई रुघा लाग्‍ने र ज्वरो आउने गरेको हुन्छ । तर हामी मेडिकलबाट तुरुन्तै औषधि किन्छौ र सेवन गर्न थाल्छौ । यसले हाम्रो स्वास्थ्यमा ठूलै असर पार्न सक्छ। त्यसो गर्नुभन्दा बरु घरेलु उपाय अपनाउनु भयो भने तपाईको शरीर पनि सधै स्वस्थ र दीर्घायू हुने गर्दछ । तुलसी बहुगुणी वनस्पती हो । त्यही कारण हाम्रा पूर्खाहरुले यसलाई उच्च महत्व दिँदै आए र संरक्षण गर्नुपर्ने बताउँदै आए । धेरैजसोले तुलसीको औषधीय गुणलाई बुझेर नै घर अघिल्तिर आँगनमा तुलसी रोप्दै आए । तुलसीको पात निकै उपयोगी हुन्छ । सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्छ ।

अब कुरा गरौं दूधको । दूध पनि बहुगुणी पेय हो । यो जति स्वादिलो हुन्छ, उत्तिनै गुणकारी पनि । यसमा क्याल्सियम लगायत पोषक तत्व पाइन्छ । अब दूध र तुलसीलाई एकै ठाउँ मिश्रण गरिए के होला ? कतिपय पदार्थ यस्ता हुन्छन्, जो आफैमा औषधि हुन्छ । तर, त्यसलाई अर्को पदार्थसँग मिश्रण गर्दा त्यो हानिकारक हुनसक्छ । विषाक्त हुनसक्छ । ठीक त्यसैगरी कतिपय पदार्थलाई आपसमा मिलाउँदा भने त्यसको औषधीय गुण अरु बढ्छ । जस्तो दूध र तुलसी ।

तुलसीको पातमा अनेक किसिमका औषधीय गुण हुन्छन् । यदि नियमित रुपले तुलसीको पात दूधमा उमालेर पिउने हो भने धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ । त्यसो त अहिले धेरैजसो मान्छे कुनै न कुनै रोगले सताइएका छन् । कोही मधुमेहले ग्रस्त छन् त कोही हृदय रोगले। यसैगरी कोही क्यान्सरले ग्रस्त छन् । यीमध्ये धेरैजसो रोग हाम्रो खराब खानपान र जीवनशैलीले निम्त्याएको हो । अतः सही खानपान, सन्तुलित दिनचर्या अपनाउने हो भने हामी सम्भावित रोगबाट बच्न सक्छौं । यस्ता सम्भावित रोगबाट बच्नका लागि तुलसीको पात निकै उपयोगी हुन्छ ।

दम रोगमा फाइदा: यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

माइग्रेनमा राहत: दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।

तनाव वा डिप्रेसनमा: यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

हृदय रोगमा: दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पत्थरीको समस्यामा: यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमापिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता: तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।

कसरी सेवन गर्ने ?

यसलाई औषधी बनाउनका लागि तपाईंले डेढ गिलास दूध उमाल्नुपर्छ । जब दूध उम्लन सुरु गर्छ त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ । अब एक गिलास दूध भएपछि त्यसलाई सेलाउन दिनुपर्छ । मन तातो भएपछि पिउन सकिन्छ ।

(एजेन्सीको सहयोगमा)