• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा ★   युरो कपमा आज नकआउट चरणका दुई खेल हुँदै ★   कांग्रेस पदाधिकारी बैठक बस्दै ★   प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा ★   संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गयो: अध्यक्ष दाहाल ★   कोपा अमेरिकाः चिली बाहिरियो, क्यानडा क्वाटरफाइनलमा ★   संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ

विधायन व्यवस्थापन समितिबाट नागरिकता बिधेयक बहुमतले पारित



काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ ।

१५ सदस्यीय समितिले बैठकले बहुमतका आधारमा पारित गरेको हो । समितिमा सत्तारुढ गठबन्धनको बहुमत रहेको छ । तर, एमालेका तीन जना र स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले फरक मतदर्ज गराउनु भएको छ ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष गएका राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकका केही विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित संसदमा फिर्ता गर्नुभएको थियो ।

यसपछि बसेको प्रतिनिधिसभाले उक्त विधेयक जस्ताको तस्तै पारित गरेर सन्देशसहित राष्ट्रियसभामा पठाएको थियो ।

राष्ट्रियसभाले थप छलफलको आवश्यकता ठानेर विधायन समितिमा पठाएको हो । बुधबार बसेको विधायन समिति बैठकले पनि संशोधनविना उक्त विधेयक हुबहु पारित गरेको छ ।

फोटो -रासस