१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोगलाई संसद् पुनःस्थापनासँग जोड्दै जबराको प्रश्न: सबै दण्डित हुनुपर्दैन ?



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाअभियोगलाई संसद् पुनःस्थापना र नयाँ सरकार गठनसँग जोड्नुभएको छ ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना गर्ने आफूसँगैका चार न्यायाधीशलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा पुनःस्थापना गरेको दोष आफूलाई मात्र लगाउन नमिल्ने जिकिर गर्दै पाँचै जनालाई कारबाही नगरेर आफूमाथि मात्र महाअभियोग लगाउनुपर्ने कारण माग गर्नुभयो ।
जबराले ‘गलत भए पाँचै जना गलत हुन्छ, नेतृत्व मात्र सबै कुरा होइन भन्दै दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’ भनी प्रश्न गर्नुभयो । निलम्बित प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने अरु न्यायाधीशलाई सरकारले पदक दिएको बताउनुभयो ।

फैसला विवादास्पद भएको भन्दै सांसद यशोदा सुवेदी गुरुङले विवादास्पद विषयमा चेक एन्ड ब्यालेन्स गर्ने अधिकार संसद्लाई भएको बताउनुभयो । उहाँले जबरालाई समितिमा उठेका प्रश्नलाई कसरी लिनुभएको छ भनी प्रश्न गर्नुभयो ।

जवाफमा जबराले आफू प्रश्नबाट नभाग्ने तर प्रश्नको धरातल खोतलेर यथार्थ जानकारी गराउनु आफ्नो दायित्व भउको बताउनुभयो ।