८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित

मिखाइल गोर्बाचेभ : आधुनिक रुसका मसिहा कि सोभियत संघ विभाजनको जिम्मेबार ?

मिखाइल गोर्बाचेभ : आधुनिक रुसका मसिहा कि सोभियत संघ विभाजनको जिम्मेबार ?
अ+ अ-

मस्को । तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल सेर्गिविच गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । मिखाइल गोर्बाचेभ सोभियत संघको अन्तिम राष्ट्र प्रमुख थिए। तर उनको कार्यकाल निकै विवादमा परेको छ । उनको कार्यकालमा सोभियत संघ विघटन भयो र १५ देशमा टुक्रियो ।

जोसेफ स्टालिनको नीतिबाट हट्दै उनले शीतयुद्ध अन्त्य गर्न काम गरे। उनले ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (परिवर्तन) को अवधारणाहरू प्रस्तुत गरे। त्यसैले पश्चिममा उनलाई मन पराइन्छ ।

गोर्बाचेभले आफ्ना नीतिहरूलाई सोभियत संघका संस्थापक भ्लादिमिर लेनिनका सिद्धान्तहरूमा फर्किने र खस्कँदै गएको अर्थतन्त्रलाई सुधार्ने मानवीय तरिकाको रूपमा हेरे।

सन् १९८५ मा गोर्बाचेभ सोभियत संघको राष्ट्रपति बने। उनले पहिलो पटक सन् १९८६ मा पेरेस्त्रोइका शब्द ल्याएका थिए । यो शब्द रूसभित्रको सुधार आन्दोलनलाई दिइएको थियो। यसको लक्ष्य धेरै मन्त्रालयबाट पर रहेर बजारलाई स्वतन्त्र गर्न सुरुआत गर्ने थियो । तर यसैका कारण सोभियत संघ पतनको दिशामा पुगेको मानिन्छ ।

मिखाइल गोर्बाचेभ

कस्तो थियो गोर्बाचेभको जीवन ?

गोर्बाचेभको जन्म २ मार्च १९३१ मा रुसको एउटा गाउँमा भएको थियो । उनका हजुरबुवा र मामा हजुरबुवा दुवै ‘महान पर्ज’ को समयमा जेलमा परेका थिए। ग्रेट पर्जको समयमा सत्तामा आउन स्टालिन अत्यन्त क्रूर भएका थिए । यो समयमा धेरै मानिसहरूलाई कैद गरिएको थियो ।

१५ वर्षको उमेरमा उनी कम्बाइन मेसिनबाट बाली काट्ने काम गर्थे । आफ्नो कडा परिश्रमबाट गोर्बाचेभले कम्युनिष्ट पार्टीको सानो रातो परिचयपत्रसँगै मस्को स्टेट युनिभर्सिटीमा कानून अध्ययन गर्ने अवसर पाए।

सन् १९६० पछि गोर्बाचेभ पार्टीमा शक्तिशाली नेता बने। सन् १९७१ मा गोर्बाचेभ पार्टीको केन्द्रीय समितिको सबैभन्दा कान्छो नेता थिए। सन् १९७८ मा उनी आफ्नी छोरी र पत्नी राइसासँग मस्को गए।

पेरिस भ्रमणका क्रममा मिखाइल गोर्बाचेभ पत्नीसँग

विदेश देखेर छक्क परे गोर्बाचेभ

सोभियत संघमा एक समय यस्तो थियो जब सबै कुरा सरकारको नियन्त्रणमा थियो। उदाहरणका लागि यदि तपाईंले चिप्स लिनु छ भने यो सरकारको नियन्त्रणमा रहेको कम्पनीबाट आएको हुनुपर्छ, जसले आलु कसबाट ल्याउने, कसरी बनाउने र कसरी बेच्ने भन्ने निर्णय गरेको हुनुपर्छ। समग्रमा जनतासँग धेरै विकल्प थिएन।

आफ्नो पदीय स्थितिका कारण गोर्बाचेभले धेरै देशहरू भ्रमण गर्ने अवसर पाए, जहाँ उनी खुला अर्थव्यवस्था देखेर छक्क परे। त्यहाँ मानिसहरूसँग धेरै विकल्पहरू थिए। जबकि सोभियत प्रचारले यसलाई सडिरहेको पुँजीवादी व्यवस्था भनेको थियो।

मार्च १९८५ मा गोर्बाचेभ सोभियत संघको नेता बने। सोभियत संघ त्यतिबेला विश्वको तेस्रो धेरै जनसंख्या भएको देश थियो र यसको कुल सैन्य क्षमता ५० लाख थियो। तर मुलुकको अर्थव्यवस्था र कृषि अवस्था बलियो थिएन। ट्वाइलेट पेपरदेखि महिलाका जुत्ता र पर्ससम्म आधारभूत कुराको अभाव थियो ।

कुनै समय खाद्यान्न अभाव नभएको देशले गहुँ निर्यात गर्नुपर्ने बाध्यता थियो । गोर्बाचोभले सुधारहरू बुझेका थिए। तर उनले पहिलो निर्णय भने मदिराको मूल्य बढाउने बनाए । यो उनको लोकप्रियता घटाउने निर्णय थियो। तर चमत्कारीरूपमा मदिरा विरोधी अभियानले जन्मदरमा वृद्धि गरायो।

पेरेस्त्रोइका के थियो ?

सन् १९८६ मा उनले सोभियत अर्थव्यवस्थाको सुधारको घोषणा गर्दै पेरेस्त्रोइका शब्द ल्याए । यसमार्फत उनले साना व्यवसायहरूलाई अनुमति दिए र मिडियामा सेन्सरसीप घटाए। यसले टेलिभिजन कार्यक्रमहरू र पश्चिमी देशहरूको समृद्धिमा चकित पार्ने खोजी रिपोर्टहरू निम्त्यायो।

मानिसहरूको पहुँच नभएका कुराहरू उनीहरूलाई टिभीद्वारा बताइयो। तर उनको आर्थिक नीति सोचे जस्तो राम्रो साबित भएन । सरकारी पसल बन्द र खुल्ला बजारमा सामान महँगो भयो । तेलको मूल्यमा आएको गिरावटले अर्थतन्त्रमा पनि असर पार्यो । जसले देशका विभिन्न भागमा तनाव उत्पन्न भयो ।

अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग मिखाइल गोर्बाचेभ

शीत युद्ध समाप्त भयो

गोर्बाचेभ सोभियत संघका लागि राम्रो नहुन सक्छन् तर उनले विश्वलाई आणविक युद्धबाट बचाउने निर्णय गरे। उनले र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आणविक हतियार र मिसाइलको संख्या घटाउने सम्बन्धमा धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए।

सन् १९८८ मा रोनाल्ड रेगनले रेड स्क्वायरमा एक भाषणको समयमा उनले सोभियत संघलाई एक बदमाश साम्राज्यको रूपमा नदेखेको बताए। सन् १९९० मा गोर्बाचेभलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। उनको पालामा पूर्व र पश्चिमबीचको सम्बन्धमा नाटकीय परिवर्तन आएको अवार्ड दिने समितिले जनाएको थियो ।

रुसका प्रथम राष्ट्रपति बोरिस येल्तसिनसँग मिखाइल गोर्बाचेभ

आफ्नै घर व्यवस्थापन गर्न सकेनन्

सोभियत इतिहासमा पहिलो पटक प्रजातान्त्रिक तरिकाले चुनाव भएको थियो, जसमा ठूलो संख्यामा गैर–कम्युनिष्ट प्रतिनिधिहरू निर्वाचित भएका थिए। उनीहरुले आ–आफ्नो राज्य अलग्गै हुनुपर्ने माग राखेका थिए ।

मिडियाबाट सेन्सरसीप कम भएको थियो, जसका कारण उनको भाषण पूरै देशले हेरेको थियो। बाल्टिक देशहरू स्वतन्त्रता घोषणा गर्ने पहिलो थिए। सन् १९९० मा गोर्बाचेभ सोभियत संघको अन्तिम नेता चुनिए।

घरेलु राजनीतिमा उनका मुख्य प्रतिद्वन्द्वी बोरिस येल्तसिन थिए, जो पछि रूसको पहिलो राष्ट्रपति बने। सन् १९९० मा सोभियत संघमा गोर्बाचेभ सत्तामा आएपछि बोरिसको नेतृत्वमा रुसले छुट्टै राष्ट्र घोषणा गरेको थियो । रुस १२ डिसेम्बर १९९१ मा एक अलग देश भयो।

बोरिसको शासनमा सोभियत संघ आर्मेनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, काजाकिस्तान, किर्गिस्तान, लाटभिया, लिथुआनिया, मोल्डोभा, रूस, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन र उज्वेकिस्तान गरी १५ देशहरूमा टुक्रियो। सोभियत संघको विघटनलाई गोर्बाचोभको राजनीतिक मृत्यु मानिन्छ।
एजेन्सीको सहयोगमा