२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संग आज सोधपुछ गर्दै छ । समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई आज बिहान ११ बजे सोधपुछका लागि बोलाएको छ ।

भाद्र ८ गते बसेको समितिको बैठकले राणालाई बोलाउने निर्णय गरेको थियो ।

राणा बिरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएनले महाअभियोगको आरोप पुष्टि हुने दाबीका सहित ३५ बुदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाएको छ ।

मुख्य गरेर राणाले संविधान र कानूनको गम्भीर उल्लंघन गरेको ,भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको ,कार्यक्षमताको अभावरखराब आचरण भएको र इमानदारीपूर्वक जिम्मेवारी पूरा नगरेको बिषयमा लागेको आरोपका सन्दर्भमा आफ्नो स्पष्टिकरण दिनु हुने छ ।

उहाँ विरुद्ध गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।