१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग भदौ १५ गते सोधपुछ गर्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते ११ बजे  सोधपुछ गर्ने भएको छ । महाअभियोग सिफारिस समितिको आज बसेको बैठकले कार्यतालिका पारित गर्दे प्रधानन्यायधीश राणासँग सोधपुछ गर्ने मिति तय गरेको हो ।

समितिको बैठकले कार्यविधि र कार्यतालिका समेत पारित गरेको छ । समितिमा एक सदस्यका अनुसार महाअभियोगका बारेमा नागरिकहरुसँग पनि पत्र मार्फत सुझाव लिने , न्याय र कानूका क्षेत्रमा क्रियाशिल राष्ट्रिय संस्थाहरुलाई पत्राचार गर्ने समेत बैठकले निर्णय गरेको छ ।

कार्यतालिका अनुसार भदौ १८ गते भित्र यस बिषयमा निर्णय गर्ने निर्णयमा पुग्ने पनि सहमति भएको छ । बैठकमा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले संसदको चालु अधिवेशनबाट नै यो बिषयको निरुपण हुनु पर्ने दृष्टिकोण राखेका थिए ।