१४ श्रावण २०८३, बिहीबार
,
Latest
सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप दुई सय ५७ मा सङ्क्रमण



अ+ अ-

काठमाडौँ । देशभर आज दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षणमध्ये सो सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज दुई सय ३२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, बागलुङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु रहेका छन् । होम आइसोलेशनमा दुई हजार नौ सय ९१, संस्थागत आइसोलेशनमा एक सय ५५, सघन उपचार कक्षमा ४० र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । विगत २४ घण्टामा ५० हजार तीन सय ५५ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।