२१ आश्विन २०८१, सोमबार
,
Latest
काठमाडौं महानगरपालिकाको अनुगमन: २२ वटामा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन समितिमा पठाइयो (भिडियो)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रिय सभाको आईतवार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव बैठकमा पेस गर्नुभएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।

आईतवार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउनुभएको थियो । राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको सो विधेयक भदौ २ गते बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले यथावत रुपमा पारित गरेको थियो ।

राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव फुँयालले प्रतिनिधि सभाबाट उत्पत्ति भइ सो सभाबाट पारित भएका बीमा विधेयक, २०७५, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु टेबुल गर्नुभयो । त्यस्तै राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश पनि सभासमक्ष टेबुल गर्नुभयो ।

त्यसैगरी उहाँले राष्ट्रिय सभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएका शपथ सम्बन्धी विधेयक, २०७८, तथ्यांक विधेयक, २०७६,स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७६ र प्रत्यायन विधेयक, २०७६ हरुका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउनु भयो । बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रश्ताव गर्नुभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रश्तावलाई स्वीकृत पनि गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीवार दिउँसो २ः५९ बजे बस्नेगरी बोलाइएको छ ।