• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

राष्ट्रियसभा बैठक: राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल



file

काठमाडौँ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनुभएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभयो ।

राष्ट्रियसभाको अबको बैठकमा फिर्ता भएको नागरिकता विधेयकबारे छलफल हुनसक्छ । राष्ट्रपतिले सन्देशसहित पुनर्विचारका लागि विधेयक फिर्ता गरेमा संघीय संसद्को दुवै सदनले सो विधेयकमा पुनर्विचार गरी संशोधनसहित वा हुबहु पारित गर्नुपर्छ ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले हुबहु पारित गरिसकेको छ । अब सो विधेयकलाई राष्ट्रियसभाले पनि पारित गर्नुपर्ने छ ।

राष्ट्रियसभाबाट पनि सो विधेयक हुबहु पारित भएको खण्डमा प्रमाणीकरणमा राष्ट्रपतिकहाँ पुगेको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँलाई दुवै सदनबाट पुनः पारित भएर आएको विधेयकलाई फेरि पुनर्विचार गर्नका लागि संसद्मै फिर्ता पठाउन सक्ने अधिकार छैन ।