२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठक: राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनुभएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभयो ।

राष्ट्रियसभाको अबको बैठकमा फिर्ता भएको नागरिकता विधेयकबारे छलफल हुनसक्छ । राष्ट्रपतिले सन्देशसहित पुनर्विचारका लागि विधेयक फिर्ता गरेमा संघीय संसद्को दुवै सदनले सो विधेयकमा पुनर्विचार गरी संशोधनसहित वा हुबहु पारित गर्नुपर्छ ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले हुबहु पारित गरिसकेको छ । अब सो विधेयकलाई राष्ट्रियसभाले पनि पारित गर्नुपर्ने छ ।

राष्ट्रियसभाबाट पनि सो विधेयक हुबहु पारित भएको खण्डमा प्रमाणीकरणमा राष्ट्रपतिकहाँ पुगेको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँलाई दुवै सदनबाट पुनः पारित भएर आएको विधेयकलाई फेरि पुनर्विचार गर्नका लागि संसद्मै फिर्ता पठाउन सक्ने अधिकार छैन ।




भर्खरै