१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समान काम गर्दा रामवरण यादव ठीक, विद्यादेवी भण्डारी गलत : योगेश भट्टराई



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलहरुलाई अनावश्यक सक्रियता भनी टिप्पणी गरिएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले एक पोस्ट गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले आयोजना गर्नुभएका औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरुले नै वर्तमान राष्ट्रपति भण्डारीले त्यस्तै काम गर्दा अनावश्यक सक्रियता भनी टिप्पणी गरेको बताउनुभयो ।

उहाँले राष्ट्रपतिले गर्ने यस्ता औपचारिक तथा अनौपचारिक भेटघाट र छलफल हिजो पनि ठीक रहेको र आज पनि ठीक रहेको बताउनुभएको छ ।

संघीय सदनको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले संसद्मै फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाले विधेयकमाथि कुनै पुनर्विचार नै नगरी हुबहु पारित गरेपछि सो विधेयकबारे राष्ट्रपतिले पछिल्ला केही दिनमा विभिन्न अनौपचारिक भेटघाट र छलफल गर्दै आउनुभएको छ ।

राष्ट्रपतिको सो कदमलाई सत्ता गठबन्धनका केही नेताले राष्ट्रपतिले अनावश्यक सक्रियता बढाएको भन्दै टिप्पणी गरेका छन् ।