• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला सुरु



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला सुरु भएको छ । सो पार्टीले काठमाडौंको खुला मञ्चमा काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेट्दै उपत्यका भेला आयोजना गरेको हो ।

गत असार ७ गते राष्ट्रिय सभागृह काठमाडौंबाट पार्टी घोषणा भएको थियो । आजको भेलामा उपस्थित हुन हजारौं समर्थक खुलामञ्चमा जम्मा भएका छन् ।

आयोजित भेलालाई अध्यक्ष रवि लामिछानेसँगै प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद् डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा प्रणय शमशेर राणा, शिक्षाविद् शिशिर खनाललगायतले सम्बोधन गर्नेछन् । पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम गरेको हो ।

सो पार्टीले केही समयदेखि देशका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।