११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केन्द्रिय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदनको छलफलका लागि ९ वटा समूह बनाएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवारदेखि शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । अध्यक्ष ओलीले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनको छलफलका लागि बैठकले ९ वटा समूह बनाएको हो । बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ति समूहले भोलि बस्ने बैठकमा प्रश्तुती राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अध्यक्षको राजनीतिक प्रतिवेदन र निर्वाचनको तयारीको सन्दर्भमा मापदण्ड तथा प्रक्रियाका बारेमा वृहत छलफल गरेर बैठकसमक्ष एकीकृत धारणा बनाउने उद्देश्यका लागि आजको बैठकबाट ९ वटा समूहरु निर्धारण गरिएको छ । ९ वटै समूहले पार्टीका अध्यक्षले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर आगामी निर्वाचनमा नेकपा (एमाले) लाई प्रतिक्रियावादीका सबै खाले घेराबन्दीहरुलाई चिर्दै कसरी पहिलो पार्टी बनाउन सकिन्छ ।

कसरी वहुमत प्राप्त पार्टीको रुपमा स्थापित गर्न सकिन्छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अभिव्यक्त भएको सबभन्दा लोकप्रिय मतलाई वहुमतमा कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा गम्भिरतापूर्वक छलफल गर्नेछन् । आगामी निर्वाचनका रणनीतिहरुका बारेमा आ–आफ्नो ढंगले ति समूहहरुले छलफल गर्नेछन् र भोलि साढे १० बजेबाट आरम्भ हुने केन्द्रिय कमिटीको चौथो बैठकको दोस्रो दिनमा ९ वटा समूहको तर्फबाट प्रश्तुतीहरु हुनेछन् ।’

बैठकमा केन्द्रिय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रिय अनुशासन आयोगको, केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रिय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रश्तुत गर्नुभएको उहाँले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड र प्रक्रियाहरु प्रश्ताव भएको उहाँले बताउनु भयो । त्यस्तै गत स्थानीय निर्वाचनमा पार्टी भित्र देखा परेका समस्याहरु छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराउनुभएको पनि रिजालले बताउनु भयो ।

बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाई छ । यसैगरी केन्द्रिय कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयहरुको अनुमोदन पनि भएको जनाइएको छ । भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि संगठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरु निर्माण गरिएको जानकारी गराइएको छ ।

बैठकमा नवनियुक्त केन्द्रिय कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । जसअनुसार जीवन गौतमलाई लुम्बिनी प्रदेश सहइन्चार्ज, अमृतलाल राजवंशीलाई झापा जिल्ला सहइन्चार्ज, धर्मदत्त देवकोटालाई वागमती प्रदेश सहइन्चार्ज र वृजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज जिम्मेवारी दिइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने उहाँले बताउनु भयो ।