१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा आठ हजार नागरिकले लिए दोलखाबाट राहदानी



अ+ अ-

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाबाट वैदेशिक यात्राका लागि एक वर्षको अवधिमा आठ हजार ६३ नागरिकले राहदानी दिएका छन् । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणकका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

नौ स्थानीय तह रहेको दोलखाबाट एक वर्षको अवधिमा आठ हजार ६३ थान राहदानी जिल्ला प्रशासन कार्यालय दोलखाबाट वितरण गरिएको हो । राहदानीका लागि तत्काल चाहिने नागरिकले दोब्बर शुल्कमा दु्रत राहदानीका लागि फाराम भर्ने र एक महिनापछिका लागि चाहिनेहरुले साधारण फाराम गरी दुई तरिकाले राहदानी दिने व्यवस्था रहेको छ ।

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार ३५ दिनभित्र लिने गरी साधारण राहदानीका लागि तीन हजार सात सय २३ जना पुरुष र दुई हजार तीन सय ६१ महिला गरी जम्मा छ हजार ८४ जनाले राहदानीका लागि फारम भरेका थिए ।

त्यस्तै एक हप्ताभित्र राहदानी दिनेले दु्रत राहदानीका लागि एक हजार ४२ जना पुरुष र नौ सय ३७ जना महिला गरी जम्मा एक हजार नौ सय ७९ जनाले फाराम भरेका थिए । दोलखामा राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु दुई करोड ७१ लाख ३७ हजार आठ सय ४० राजस्व सङ्कलन भएको प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

कोरोना महामारीका कारण विभिन्न देशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीका लागि खुला गरेसँगै राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएको हो ।