७ पुष २०८२, सोमबार
,
Latest
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनभित्र निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको प्रमाण उपलब्ध गराउन महाअभियोग समितिको आग्रह



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले तीन दिनभित्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जबराविरुद्धका प्रमाण तथा कागजात तीन दिनभित्र उपलब्ध गराउन सरोकारवाला निकाय तथा व्यक्तिलाई आग्रह गरेको हो ।

यही भदौ ८ गते समितिको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण तथा कागजात माग गर्ने निर्णय गरेसँगै समितिले आज सूचना सार्वजनिक गर्दै माग गरेको हो ।

समितिको सचिवालयसले समितिको नम्बर ०१–४२००१२८, ०१–४२००२३१ र इमेलस् [email protected] मार्फतसमेत प्रमाण, कागज तथा सुझाव उपलब्ध गराउन सकिने सचिवालयले जनाएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाबाट गठित सिफारिस समिति पुगेपछि उसले आफ्नो काम अगाडि बढाएको छ । समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग यही भदौ १५ गते बयान लिने निर्णय समेत गरिसकेको छ ।

चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रतिनिधि सभाबाट गठित सिफारिस समितिमा पुगेको छ ।

समितिले काम अघि बढाएको छ । यही भदौ १५ गते चोलेन्द्रसँग सोधपुछ गर्ने मिति तय गरेको छ ।