१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनभित्र निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको प्रमाण उपलब्ध गराउन महाअभियोग समितिको आग्रह



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले तीन दिनभित्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जबराविरुद्धका प्रमाण तथा कागजात तीन दिनभित्र उपलब्ध गराउन सरोकारवाला निकाय तथा व्यक्तिलाई आग्रह गरेको हो ।

यही भदौ ८ गते समितिको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण तथा कागजात माग गर्ने निर्णय गरेसँगै समितिले आज सूचना सार्वजनिक गर्दै माग गरेको हो ।

समितिको सचिवालयसले समितिको नम्बर ०१–४२००१२८, ०१–४२००२३१ र इमेलस् scommittee_hr@parliament.gov.np मार्फतसमेत प्रमाण, कागज तथा सुझाव उपलब्ध गराउन सकिने सचिवालयले जनाएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाबाट गठित सिफारिस समिति पुगेपछि उसले आफ्नो काम अगाडि बढाएको छ । समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग यही भदौ १५ गते बयान लिने निर्णय समेत गरिसकेको छ ।

चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रतिनिधि सभाबाट गठित सिफारिस समितिमा पुगेको छ ।

समितिले काम अघि बढाएको छ । यही भदौ १५ गते चोलेन्द्रसँग सोधपुछ गर्ने मिति तय गरेको छ ।