६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संञ्चारकर्मी सुरेन भण्डारीको “झुम्केली बौजु” सार्बजनिक



अ+ अ-

काठमाडौँ । गायक तथा संञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गित “झुम्केली बौजु” सार्बजनिक भएको छ ।

विगत लामो समयदेखि संचारक्षेत्रमा आवद्ध भण्डारीले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएका छन् । प्रायः सुदुरपश्चिमको प्रतिनिधित्व गर्ने खाल गितहरु उनले बजारमा ल्याउने गरेका छन् । आफ्नो भेगलाई चिनाउने उद्देश्यले देउडा भाषाका गितहरु लाई प्राथमिकता दिएको उनी बताउछन् ।

आफ्नो भेषभुसा,कला,संस्कृतिलाई गितको माध्यमबाट दर्शक तथा स्रोताको माझमा पुर्याउन पाउदा सफलताको सिडि चढेको अनुभुत हुने भण्डारीको भनाई छ । गितसंगतीमा लाग्दा धेरै चुनौतीहरुको सामना गर्नुपरे पनि सुदुरका दर्शक तथा स्रोतको माया पाउदा निकै खुशी लाग्ने उनी बताउछन् ।

कोरोना कहरका बिच पनि आफ्नो पहिचान जोगाउनका निम्ती देउडा भाषाको गित “झुम्केली बौजु” बजारमा ल्याएको गायक भण्डारीको भनाई छ । यस गितलाई पहिले आफूले बजारमा ल्याएका गितहरु जस्तै माया गरिदिन पनि उनले आग्रह गरेका छन् ।

गितमा गायक भण्डारीसँगै चर्चित गायीका रेखा जोशीको स्वर सुन्न सकिन्छ । गितमा सुशिल बोहोराको शव्द एवं संगीत रहेको छ । भिडियोमा स्वंय भण्डारी र गायीका जोशी फिर्चड छन् भने भिडियो निर्देशन  गौरव गिरीले गरेका हुन् । भिडियोलाई रेखा जोशी अफिसिएल युटुब च्यानलबाट हेर्न सकिन्छ ।