३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेन युद्धमा ५ हजारभन्दा बढी डल्फिन मारिए



अ+ अ-

एजेन्सी

किभ । रुस र युक्रेनबीच युद्ध जारी छ । रुसको आक्रमणमा हालसम्म ९ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएका छन् । रुस र युक्रेनबीचको युद्ध मानिसका लागि मात्र होइन जनावरका लागि पनि खतरनाक सावित भएको छ ।

युक्रेनमा रुसको आक्रमणका कारण ५ हजारभन्दा बढी डल्फिन मारिएका छन् । वैज्ञानिकहरूले यसका लागि पनडुब्बीको सोनार उपकरणलाई दोष दिइरहेका छन्। जीव वैज्ञानिक इभान रुसेभले अझ धेरै संख्यामा माछा मारिएको हुनसक्ने बताएका छन् ।

रुसेभले कृष्ण सागरमा तैनाथ जहाज र पनडुब्बी नै माछाको मृत्यु भएको बताएका छन् । रुसेभ युक्रेनको दक्षिणी ओडेसाको तुजली लगुन राष्ट्रिय निकुञ्जमा काम गर्छन्। उनले पानीमुनि मर्ने डल्फिनमध्ये पाँच प्रतिशत मात्रै किनारमा आउने गरेको बताए ।

बाँकी त समुद्रमा नै डुबिरहेका छन् । उनले दावी गर्दै भने, “हामी गणना गर्न सक्दैनौँ, तर अनुमान गर्न सक्छौँ कि अहिलेसम्म हजारौँ डल्फिन मारिएको हुनुपर्छ।”

सोनारको सम्बन्ध के हो ?

सोनार जहाज र पनडुब्बीहरूमा प्रयोग गरिन्छ। यस मेसिनबाट चारैतिर फ्रिक्वेन्सी निस्कन्छ। यदि कुनै चीज यसको फ्रिक्वेन्सीको बीचमा आउँछ भने त्यो रडारमा देखा पर्न थाल्छ। यसबाट सेनाले पानीमुनि रहेको पनडुब्बी र विष्फोटक पदार्थहरु पत्ता लगाउन सक्छन् ।

फेसबुक पोष्टमा उनले पानीमा जहाज र पनडुब्बीले जनावरको स्वास्थ्य बिगारिरहेको बताएका थिए । रुसेभले लेखेका छन्, “जहाजबाट डल्फिनहरू विकिरणको सम्पर्कमा आउँदैछन्, जसका कारण तिनीहरूका अंगहरू निष्क्रिय हुन्छन्।”

किन गरिरहेको छ असर ?

डल्फिनहरू ध्वनि तरंगहरू वा इकोलोकेशनमार्फत पानीमुनि वस्तुहरू फेला पार्न सक्षम हुन्छन्। यसले तिनीहरूलाई नेभिगेसन, खाना खोज्न र शिकारी जनावरहरूबाट भाग्न मद्दत गर्दछ।

तर सोनार विकिरण, जहाजको इन्जिन र हतियारको आवाजले डल्फिनलाई समस्या परिरहेको छ । जसका कारण उनीहरु सामानहरू नेभिगेट गर्न सक्दैनन् ।

बुल्गेरियाको रोपोटामो नदीको किनारमा डल्फिन पनि मृत अवस्थामा फेला परेका थिए, जसमा पानीमुनि रहेका खानीबाट जलेको निशानहरू भेटिएका थिए।