२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोही कल्पनाले गराइन् ‘तीज अन द वाल’



अ+ अ-

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई प्रशिक्षण दिएकी छिन् । उनले सहभागी खेलाडीलाई ‘क्लाइम्बिङ’ गराएकी हुन् ।

क्लाइम्बिङ खेललाई प्रवद्र्धन गर्न आइतबारदेखि राजधानीमा प्रारम्भ भएको साताब्यापी अभ्यासका क्रममा महर्जनले सोमबार खेलाडीलाई क्लाइम्बिङ गराएकी हुन् । धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोटसर्् क्लाइम्बिङमा अभ्यास गराइएको हो । ‘संस्कृति र साहससँगसँगै’ नाराका साथ ‘तीज अन दी वाल’ कार्यक्रमका क्रममा खेलाडीलाई क्लाइम्बिङ गराइएको ‘क्लाइम्बिङ स्पोटर्स् एसोसिएसनका अध्यक्ष हरि घरलेले जानकारी दिनुभयो ।

तीजलाई फरक ढङ्गमा मनाउने उद्देश्यका साथ एकसाताको ‘तीज अन दी वाल’ सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका व्यक्तिलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । गत वर्षदेखि तीजको अवसरमा कार्यक्रम आयोजना गरिँदै आएको आयोजकले जनाएको छ ।




भर्खरै